खेल क्षेत्रमा अन्र्तराष्ट्रिय चर्चा पाएका विक्रम खड्गीको प्रदेश सचिवमा उम्मेद्वारी

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन आउन एक महिना पनि बाँकी नभएका बेला नेतृत्वका लागि सरगर्मी चढेको छ । उस्तै सरगर्मी र नेतृत्वको रस्साकस्सी महाधिवेशन तलका अधिवेशनहरुमा पनि छ । ठिक यसैबेला नेता कार्यकर्ताले सही स्थानमा सही व्यक्ति चयन गर्नसके काँग्रेसलाई बलियो पार्टी बन्नबाट कसैले रोक्न सक्ने छैन ।
यसैकारण नेता कार्यकर्ता चनाखो बन्नुपर्ने आवश्यकता छ । नेपाली काँग्रेसको आगामी भविष्य र नीति निर्माणसंग जोडिएका एक व्यक्ति हुन् विक्रम खड्गी । मंसिर ३ मा हुन गइरहेको अधिवेशनमा प्रदेश सचिवको उम्मेद्वारी दिएका खड्गीले आफुलाई मत दिएर विजयी बनाउन अनुरोध गरेका छन् ।
‘नीति र नेतृत्वमा हाम्रो प्रवेश, सशक्त काँग्रेस–समृद्ध देश’ को नारा दिएर चुनावमा होमिएका उनले काठमाडौं क्षेत्र नं. ६ को प्रदेश ‘ख’ बाट प्रदेश सचिवको उम्मेद्वारी दिएका हुन् । खड्गीले नेपाली काँग्रेसको सक्रिय राजनीतिसंगै खेलकुद क्षेत्रमा समेत योगदान पु¥याएका छन् ।
२०५४ सालमा तेक्वान्दो खेलमा आबद्ध भएका उनी २४ बर्षसम्मको निरन्तरतापछि पनि सक्रिय छन् । योबीचमा काठमाडौ जिल्ला तेक्वान्दो कार्यसमितिमा सदस्य हुँदै सह– सचिव भएका उनी देशको राज्य संरचना अनुसार गठित नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको सचिवालय सचिवसंगै बोर्ड सदस्य भएर काम गरेका छन् ।
यतिमात्रै होइन, खड्गीले खेलकुद जगतमा मार्सलआर्ट अन्तर्गत नेपालमा पहिलोपटक २०७२ मा तेक्वान्दो खेल सम्बन्धित ‘तेक्वान्दो गाइड बुक’ प्रकाशनमा ल्याएका थिए । त्यसबाहेक बोधिचित्त प्रतिष्ठान नेपाल कोरियन संस्थामा काम गरेर तार्केश्वर नगरपालिकामा २०७२ को महाभूकम्पका बेला हजारौं जनालाई राहत वितरण गरेका थिए । खेलकुदमा रही कामकारबाही गर्दै आएका उनले जोखिमयुक्त घर भत्काउने र बनाउने कार्यमा समेत भूमिका खेलेका थिए ।
भूकम्पका बेला काभ्रेस्थली माबी क्षतिग्रस्त बनेको थियो । जसमा खड्गीले पहल थालेर त्रिपालसहितको सुरक्षित पठनपाठनको व्यवस्थापन गरेपछि विद्यालय सञ्चालन हुने अवस्था बनेको थियो । पछि उनको एकल प्रयासमै विद्यालयका लागि कोरियाको सहयोगमा पक्की भवन बनेको थियो ।
त्यसबाहेक विद्यालयलाई चाहिने आवश्यक सामाग्री व्यवस्थापनमा समेत खड्गीले सहयोग गर्दै आएका छन् । समुदायस्तरका विभिन्न सामाजिक कार्यसंगै विकास निर्माणका थुप्रै योजनामा समितिको अध्यक्ष तथा पदाधिकारी भएर काम गरेका छन् । कोरोना महामारीमा पनि ८÷९ सय परिवारलाई राहत दिएका थिए । तार्केश्वर नगरपालिकाले खेलकुद समिति गठन गर्दा मेयरले खेलकुद समितिमा राजनीति नियुक्त मात्र गर्न थालेपछि खड्गीले विरोध गरेका थिए ।
खड्गीकै नेतृत्वमा सशक्त आन्दोलन भएपछि खेलकुद समितिमा सक्रिय खेलकर्मीले स्थान पाएका थिए । सामाजिक तथा व्यवसायीक क्षेत्रमा समेत उत्तिकै सक्रिय रहेका उनी होटल टेड्र युनियनमा सह–सचिव भएर काम गरे । हाल सक्रिय राजनीतीमा रहेका उनी विभिन्न चुनाव र संविधानसभामा बुथ प्रतिनिधि भई आम निर्वाचनमा खटिएका थिए ।
उनै खड्गी काँग्रेसको सुन्दर भविष्यको खाका बोकेर प्रदेश सचिवको उम्मेद्वार बनेका हुन् । उनले समस्त नेता कार्यकर्तालाई काँग्रेसको भविष्य हेरेर आफुलाई मत दिन अनुरोध गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #विक्रम खड्गी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्