चितवन–चनौली शीतभण्डार सञ्चालनको तयारीमा

सरकारी र निजी क्षेत्रको सहकार्यमा निर्माण गरिएको यहाँको चितवन–चनौली शीतभण्डार सञ्चालनको तयारीमा पुगेको छ । भरतपुर महानगरपालिका–१८ शीतभण्डार निर्माण गरिएको हो । संस्थाले ७ कठ्ठा जमिन खरिद गरेर विसं २०७० वैशाख २७ गते बोलपत्र आह्वान गरी निर्माण प्रक्रिया अघि बढाएको थियो ।
संस्थाका अध्यक्ष सूर्यमणि पौडेलका अनुसार सुरुमा भवन रु आठ करोड ७७ लाखमा निर्माण सम्झौता गरिएकोमा नक्साङ्कन परिवर्तनसँगै रु दुई करोड रकम थप भएको थियो । भवनमा रु दुई करोड ४२ लाखको उपकरण जडान गरी परीक्षण सम्पन्न गरिएको छ । उहाँका अनुसार ट्रान्सफरमर र लिफ्टबाहेक अन्य काम सम्पन्न भएको छ । दुई हजार ५०० मेट्रिकटन क्षमताको यस शीतभण्डार आउँदो पुसबाट व्यावसायिक रुपमा सञ्चालन गर्ने तयारी गरिएको छ । शीतभण्डारको क्षमताको आधा भागलाई व्यावसायिक रुपमा प्रयोगमा ल्याइँदै छ भने बाँकीलाई शेयर सदस्य र किसानलाई सर्वसुलभ रुपमा दिइने छ ।
संस्थामा ८७९ जना शेयरधनी रहेका छन् । शेयर पूँजी रु ६ करोड ७५ लाख र सरकारी अनुदान रु ६ करोड १४ लाख प्राप्त भएको उहाँले जानकारी दिनुभयो । सहकारी विभागले रु ५ करोड ४८ लाख, बागमती प्रदेशले रु ५८ लाख ५९ हजार र भरतपुर महानगरपालिकाले रु ४ लाख ८३ हजार सहयोग गरेको छ । सहकारी विभागबाट सम्झौता भए अनुरुपको थप रकम आउन बाँकी रहेको पौडेलको भनाई छ ।
संस्थाले शेयर पुँजी रु १० करोड पु¥याउने लक्ष्य लिएको छ । केही साना शेयरधनीलाई रकम थप गर्न लगाएर रु एक लाख देखि सात लाखसम्मको शेयर बनाउने योजना बनाइएको छ । उद्योग वाणिज्य सङ्घ चितवनका पूर्व अध्यक्ष राजन गौतमले यो शीतभण्डार सञ्चालनमा आएसँगै चितवन र छिमेकी जिल्लाका किसान प्रत्यक्ष रुपमा लाभान्वित हुने बताउनुभयो । किसानले मूल्य नपाएर आफ्नो उत्पादन सस्तोमा बिक्री गर्नुपरेको र कतिपय समयमा फाल्नुपर्ने बाध्यता रहेको भन्दै उहाँले यसले ती किसानलाई लाभ पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले आवश्यक सहयोग गरेर न्यून शुल्कमा भण्डार गर्ने व्यवस्था मिलाउनु पर्छ ।
” कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका संस्थापक रजिष्टार प्रा डा सूर्यकान्त घिमिरे देशको सम्वृद्धिका लागि कृषि क्षेत्रको विकास अपरिहार्य भएको भन्दै यस्ता शीतभण्डारले किसानको उत्पादनले बजार र उपयुक्त मूल्य पाउने बताउनु हुन्छ । कृषकले लागत मूल्य समेत नपाउँदा विदेशीनु परेको भन्दै उहाँले सरकारले शीतभण्डार सञ्चालनमा सहयोग गरेर सर्वसुलभ रुपमा भण्डारणको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । प्रविधिको विकास गरी कम लागतमा धेरै उत्पादन गरेर बजारको अवस्था हेरी भण्डारण र बिक्री गर्न उहाँले सुझाव दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #चितवन–चनौली शीतभण्डार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्