बढीपहिरो अपडेट : मृत्यु हुने १०१ पुगे, ४१ बेपत्ता

पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोमा परी प्रदेश–१ मा ६०, वाग्मतीमा एक, कर्णालीमा सात, सुदूरपश्चिममा ३१ र लुम्बिनी प्रदेशमा दुई गरी जम्मा १०१ जनाको मृत्यु भएको हो ।
प्रहरीले दिएको विवरणअनुसार प्रदेश–१ मा १९, कर्णालीमा ४ र सुदूरपश्चिममा १७ गरी ४० जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पताल उपचार भइरहेको छ । बाढीपहिरोमा परी प्रदेश–१ मा १३, प्रदेश–२ मा एक, लुम्बिनीमा तीन, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा २३ गरी जम्मा ४१ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।
बाढीका कारण जम्मा दुई हजार २३२ वटा घर डुबानमा परेका छन् । बाढी पहिरोले ४९ घर, आठ गोठ, छ वटा पुल र तीन वटा सरकारी कार्यालयमा क्षति पुगेको जनाइएको । अहिलेसम्म १३९ पशु चौपायको मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट एक हजार १७७ परिवार विस्थापित भएका छन् ।
साथै बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका मानिसलाई सुरक्षित स्थानमा सार्ने र पहिरामा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ । विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य पनि जारी रहेको जनाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बढीपहिरो
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्