Techie IT
मंगलबार, असार २४,२०८२

नवजीवन नवदुर्गा सम्मान २०७८ सम्पन्न


काठमाडौं : नवजीवन परोपकार समाजले पहिलो नवजीवन नवदुर्गा सम्मान २०७८ बाट नौं जना नारिहरु सम्मान गरेको छ । विभिन्न क्षेत्रमा रही सामाजिक धार्मिक सांस्कृतिक कार्यमा उच्च योगदान गर्ने तथा कोरोना कालमा आफ्नो जीवनको प्रवाह नगरी मानवसेवा तथा पशुपन्छी सेवामा लागेका ९ जना नारीलाई सम्मान गरेको हो ।

नवजीवन परोपकार समाजले सडक मानवको उद्धार तथा घाइते पशुपन्छीको उद्दार गरि उपचार गर्ने र विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

नवजीवन आश्रमले गरेको उक्त सम्मान कार्यक्रममा मुख्य अतिथि तार्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा,विशिष्ट अतिथि उपमेयर भवानी ढोटेल,वडा नं ७ का वडा अध्यक्ष सानुकाजी खत्री र बरिष्ठ अभिनेत्री गौरी मल्ल,कलाकार तथा निर्माता राजेन्द्र केसी (राजु) तथा अन्य बिशिष्ट व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #नवजीवन नवदुर्गा सम्मान


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:13 am7:04 pm +0545