कांग्रेसमा देउवाको पोजिशन बलियो, ११ सभापतिमध्ये पौडेलका जम्मा एक

काठमाडौं, २२ असोज । नेपाली कांग्रेसको सम्पन्न ११ जिल्ला सभापतिको निर्वाचनमा सात जिल्लामा सभापति शेरबहादुर देउवा पक्षीय नेताहरूको शानदार जित भएको छ ।
बिहीबार बिहानसम्म आएका विभिन्न जिल्लाको मतपरिणाम अनुसार ताप्लेजुङ, मनाङ, रुकुम पूर्व, हुम्ला, रामेछाप, मुगु, गोरखा, संखुवासभा, कालिकोट, दोलखा र मुस्ताङको जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
ताप्लेजुङका गजेन्द्र तुम्याहाङ्, मनाङका शंकर गुरुङ, रुकुम पूर्वका केशरमान रोका, हुम्लाका मोहनविक्रम शाही, रामछापका कान्छाराम लामा, मुगुका ऐनबहादुर शाही र गोरखाका नन्दप्रसाद न्यौपोने देउवा पक्षियी सभापतिहरू हुन् ।
संखुवासभाका दीपक खड्का र मुस्ताङका रोमी गौचन थकाली महामन्त्री शशांक कोइराला निकट मानिन्छन् ।
पूर्वमन्त्री समेत रहेका मुस्ताङका सभापति थकालीले आफू कुनै गुटभन्दा पनि कांग्रेस बलियो हुनुपर्छ भन्ने पक्षमा रहेको बताउने गरेका छन् । उनले गुटहरू अन्त्य हुनुपर्ने बताउने गरेका छन् ।
दोलखाका सभापति बर्मा लामा जिपछिङ लामा निकट हुन् । उनी पनि देउवा पक्षमै आउने सम्भावना छ ।
कालिकोट अम्मबहादुर शाही भने नेता रामचन्द्र पौडेल निकटका हुन् । हालसम्म सम्पन्न भएका ११ जिल्ला सभापतिहरूमा देउवा पक्षले एकलौटी पकड जमाएको छ ।
यसअघि सभापति देउवा निकटका सभापतिहरूले गाउँ र नगर अधिवेशनमा कब्जा जमाइसकेका छन् । स्थानीय तहमा देउवा समूह जबरजस्त रुपमा आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #congress
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्