२१९ मोटरसाइकल नियन्त्रणमा

ट्राफिक प्रहरीले नम्बर प्लेट नराखी चलाएका २१९ मोटरसाइकल नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट नम्बर प्लेट स्पष्ट नलेखिएका १६५ र अस्पष्ट खुइलिएका नम्बर प्लेट भएका ५४ मोटरसाइकललाई नियन्त्रणमा लिएको हो ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले ट्राफिक प्रहरीले ढाँचा अनुसार नम्बर प्लेट नलेखिएका, स्पष्ट नभएका, खुइलिएका, ‘अनटेस्ट’, अस्थायी नम्बर प्लेट भएका, नम्बर प्लेटको टप बङ्ग्याएका र नम्बर प्लेट ढाकिएका मोटरसाइकल विरुद्ध विशेष अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।
विशेषगरी नयाँ ‘अनटेस्ट’ र स्पष्ट नदेखिने नम्बर प्लेट नलेखिका मोटरसाइकलले दुर्घटना गर्दा गाडी नम्बर टिप्न, प्रहरीलाई खबर गर्न समस्या हुने गरेकाले यस्ता मोटरसाइकललाई कारबाहीको दायरामा ल्याएको महाशाखा उहाँले बताउनुभयो ।
ट्राफिक नियम उलङ्घन गरी हिँड्ने, दुर्घटना गरी फरार हुने तथा चाडपर्व र भीडभाडको समयमा हुनसक्ने चोरी लुटपाटलगायतका आपाराधिक क्रियाकलापलाई रोक्न यस अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने महाशाखाको बुझाइ छ ।
त्यस्ता तोकिएको ढाँचा बमोजिम नम्बर प्लेट नराख्ने मोटरसाइकललाई ट्राफिक प्रहरीले ५०० देखी एक हजार ५०० रूपैँयासम्म जरिवाना गर्दै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #२१९ मोटरसाइकल नियन्त्रणमा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्