घर बनाउँदै हुनुहुन्छ ? फलामे छडको मूल्य घट्यो

सरकारले फलामे छडमा लाग्दै आएको अन्तशुल्क हटाएसँगै फलामे छडको मूल्य घट्ने भएको छ ।
नेपाल फलामे छड उत्पादन सङ्घले स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार तथा अन्तशुल्कमा छुट भएसँगै मूल्य घट्ने जनाएको हो । सङ्घले आज एक विज्ञप्ति जारी गर्दै सङ्घमा आवद्ध उद्योगलाई प्रतिकिलो रु चार मूल्य घटाउन निर्देशन दिएको हो ।
बजेटमा नै भन्सारसँगै अन्तशुल्कमा छुट भएपछि सरकारलाई बुझाउनुपर्ने राजस्व रकम उपभोक्तालाई छुट दिने तयारी भएको सङ्घका अध्यक्ष साहिल अग्रवालले जानकारी दिनुभयो । ‘नेपाल सरकारले २५ भदौ २०७८ मा ल्याएको बजेटबाट स्पंज आइरनमा भएको भन्सार छुट तथा स्थानीय फलामे उत्पादनमा अन्तशुल्क नलाग्ने व्यवस्थाको यस सङ्घ स्वागत गर्दछ ।
सो व्यवस्थाबाट नेपालमा उत्पादित फलामे छडको लागत प्रतिकेजी रु चारले घट्न जाने जानकारी गराउदछौँ’, सङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बजेट पछिका तीन हप्तामा अन्तर्राष्ट्रिय बजारमा फलामे छडको कच्चापदार्थ बिलेट तथा विलेटको कच्चापदार्थ स्पंज आइरनमा १२ प्रतिशतभन्दा बढीले मूल्य वृद्धि भएको र सोबाट फलामे छड उत्पादनमा बढ्न जाने लागतमा नेपाल सरकारको बजेटका कारण घट्न गएको लागत मूल्य प्रतिकेजी रु चार घटाइ फलामे छड बिक्री वितरण गर्नुहुन सम्पूर्ण उद्योगीलाई अनुरोध गर्दछौँ ।
” सरकारले फलामे डण्डी बनाउन प्रयोग हुने स्पन्ज आइरनको आयातमा लाग्ने ५ प्रतिशतको भन्सार र अन्तःशुल्कमा छुट दिएको भन्दै विलेट आयात गर्ने उद्योगी आन्दोलित बनेका छन् । सरकारले यसअघि एमएस विलेट आयातमा प्रतिटन रु एक हजार ६५० अन्तःशुल्क लाग्ने गरेकोमा बढाएर रु दुई हजार ५०० पु¥याइएको छ ।
सरकारको यस्तो व्यवस्थाले नेपालमै विलेट बनाएर फलामे डण्डी उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन भएको तर विलेट आयात गरी डण्डी उत्पादन गर्नेलाई समस्या भएको भन्दै केही उद्योगी व्यवसायी आन्दोलित भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #फलामे छड
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्