Techie IT
बुधबार, असार २५,२०८२

यी हुन् पदक पाउने र अस्वीकार गर्ने पत्रकार


काठमाडाैँ, ३ असाेज । संविधान दिवसका अवसरमा पत्रकार तथा सञ्चारकर्मीहरूलाई मानपदवी, अलङ्कार र पदक दिने घोषणा गरिएको छ ।

उनीहरू राष्ट्रपति विद्या भण्डारीद्वारा विभूषित हुनेछन् ।

विभूषित हुने पत्रकारहरूमा सुप्रबल जनसेवाश्री तारानाथ दाहाल, सुरेश आचार्य, हरिविनोद अधिकारी, कृष्णज्वाला देवकोटा, प्रतिक प्रधान र हरिबहादुर थापालाई दिइने भएको छ ।

पत्रकार थापाले सो विभूषण अस्वीकार गर्ने घोषणा गरेका छन् ।

यस्तै कीर्तिमय राष्ट्रद्वीप विभूषण पत्रकारहरू ओम शर्मा, गुणराज लुइटेल र महेश्वर दाहाललाई दिइने भएको छ ।

पत्रकारहरु बद्री सिग्देल, ऋषि धमला, अजयबाबु शिवाकोटी, नेत्र के.सी., माधव ढुंगाना, मुकुन्द दाहाल, दिलभूषण पाठक, विश्वमणि पोखरेल, प्रकृति अधिकारी, कविर राणा, रविन सायमी, रवि मिश्र, अनिता बिन्दु, समा थापा, डा.बालकृष्ण चापागाई, मोहम्मद सदरुल, शालिग्राम सुवेदी, गोविन्द धिताललाई प्रवल जनसेवाश्री दिने घोषणा भएको छ ।

कार्टुनिस्ट रविन सायमीले पनि सो पदक अस्वीकार गरेका छन् ।

भरतबन्धु थापा, भुवन शर्मा, दीपक खरेल, गिरिजाप्रसाद अधिकारी, प्रभातकुमार झा, नारायण अमृत, चन्द्रशेखर कार्की, किसन राई, खगेन्द्र अधिकारी, सुनील महर्जन, विष्णु खड्का, रेखा भूसाल, बृजकुमार यादव, आकाङ्क्षा शाह, नरेन्द्रकुमार साउद, लीला बराल, राममाया भट्टराई, भवानी कार्की, बृजलाल पासवान, डम्बरबहादुर अधिकारी र दीपेन्द्र श्रेष्ठलाई जनसेवाश्री पदक घोषणा गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पदक पाउने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Partly Cloudy
5:13 am7:04 pm +0545