एमालेका नेता तामाङ माथि आक्रमण , अवस्था गम्भीर

नेकपा एमालेका नेता सञ्च तामाङमा माथि हिजो बेलुका खानखाने क्रममा संघातिक हमला भएको छ। हेल्मो सिन्धु समाजिक उत्थान कार्यक्रम सुप अन्तर्गत गाउँ सामुदायिक समिति , साविक ईचोकका गाविसका अध्यक्ष तामाङ माथि संघातिक हमला भएको छ।
तामाङ गाउँको एकजना बिमारी भेट्न नेपाल मेडिकल कलेज जोरपाटी गएका थिए। अस्पताल नजिकै होटल सिन्धुपाल्चोकमा बेलुकी ९:३० खाना खाइरहेको समयमा करिब ४/६ जनाको अज्ञत समुहले तामाङको ज्यान लिने हिसाबले आक्रमण गरेको देखिन्छ । घटना लगत्तै घाइते तामाङलाई नेपाल मेडिकल कलेज लगिएको थियो ।
अस्पतालले घाइते तामाङको अवस्था गम्भीर भएको र टाउकोमा चोट भएकोले तुरुन्तै न्युरो अस्पताल लान सल्लाह दिएपछि बिरामी अन्नपूर्ण न्युरो अस्पताल लगिएको थियो भने अहिले बिरामीको अवस्था गम्भीर रहेको बुझिएको छ।
घटनामा संम्लग मध्य एक जनालाई प्रहरीले हिरासत लिएको छ भने एक जना घाइतेको उपचार भइरहेको बुझिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #नेता तामाङ माथि आक्रमण
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्