एमालेको नीति, सङ्गठन र नेतृत्व पुनः व्यवस्थित गरिनेछ : महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीलाई आउँदो महाधिवेशनमार्फत नीति, सङ्गठन र नेतृत्वका हिसाबले पुनः व्यवस्थापन गरिने बताउनुभएको छ ।
महासचिव पोखरेलले आज पत्रकारहरूसँगको भेटघाटमा ‘पार्टीकै नेतृत्वको सरकारलाई पार्टीभित्रकै केही नेताको सम्लग्नतामा विस्थापन गरिएको’ भए पनि आगामी निर्वाचनमार्फत् नयाँ जनादेशको तयारीका लागि पार्टी पुनःव्यवस्थित हुने जनाउनुभएको हो । माधवकुमार नेपालसहितका नेताले नेकपा (एकीकृत समाजवादी) गठन गरेको भए पनि एमालेले विधान महासधिवेशन र दसौँ राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।
महासचिव पोखरेलले नेकपा (माओवादी केन्द्र) सँगको एकताका क्रममा दुई पार्टीका राम्रा र नराम्रा दुवै पक्ष मिसिएको र गुटबन्दी, अराजकता र उपयोगितावादी शैलीका कारण नेकपा विभाजित हुँदै एकीकृत समाजवादी जन्मने स्थिति पैदा भएको बताउनुभयो । राष्ट्रिय राजनीतिमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व रहेको एक र सत्ता गठबन्धनमा आबद्ध दलको अर्काे धु्रव क्रियाशील रहेको टिप्पणी गर्नुभयो ।
नेपालको वाम आन्दोलनमा आफ्नो लामो समयदेखिको अग्रमोर्चामा भूमिका रहेको सन्दर्भ उल्लेख गर्दै उहाँले एमाले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्धि र राष्ट्रिय स्वाधिनताका लागि स्पष्ट मुद्दा बोकेर जनतामा जाने बताउनुभयो ।
तपाईँ आउँदो महाधिवेशनमा पार्टीको अध्यक्षको उम्मेदवार हो ? भन्ने पत्रकारको प्रश्नमा महासिचव पोखरेलको जवाफ थियो, “म त्यो पदका लागि डिजर्भ गर्छु तर यो घोषणा गर्ने कुराभन्दा पनि परिस्थिति, आवश्यकता र कार्यकर्ताको चाहनामा भर पर्छ ।”
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पोखरेल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्