कांग्रेसको महाधिवेशन गर्न नसकिए त्यसको सम्पूर्ण दोष नेतृत्वको : चन्द्र भण्डारी
काठमाडौं, साउन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वसभासद् डा. चन्द्र भण्डारीले समयमै कांग्रेसको महाधिवेशन गर्न नसकिए त्यसको सम्पूर्ण दोष नेतृत्वले लिनुपर्ने बताएका छन् ।
पार्टीको महाधिवेशन तोकिएकै मितिमा हुन सक्ने सम्भावना नरहेको टिप्पणी गर्दै उनले भने, ‘भदौमा महाधिवेशन होलाजस्तो मलाई लाग्दैन् । अहिले कोरोनाको महामारी छ । गाउँगाउँमा विरामी छन् । यस्तो अवस्थामा कसरी अधिवेशन होला ? सबै जनतालाई भ्याक्सिन लगाउने वातावरण बनाउनुपर्छ । मेरो विचारमा महाधिवेशन केही पर सर्छ होला । तर, महाधिवेशन सर्ने प्रस्ताव पार्टी सभापतिले ल्याउनुहोला । म आधिकारिक व्यक्ति होइन, यस्तो भन्नका लागि ।’
डा. भण्डारीले तोकिएकै समयमा महाधिवेशन हुन नसके यसको दोष नेतृत्वले लिनुपर्ने पनि बताए । उनले भने, ‘चार जना पदाधिकारी बैठक बसेका छन्, न अधिवेशन गर्न सक्छन्, मेरो विचारमा नेपालमा होल पार्टीको कुरा गर्दा नेतृत्व नै असफल भएको छ ।’ उनले अहिलेको असामान्य परिस्थितिलाई हेरेर सर्वोच्च अदालतले केही व्याख्या गर्छ कि भन्ने पनि विश्वास व्यक्त गरे ।
यसैबीच उनले आज÷भोलिभित्रै मन्त्रिपरिषद् विस्तार हुने पनि बताएका छन् । अहिले मन्त्री बन्ने आकांक्षीहरु धेरै भएको सुनाउँदै उनले काम गर्नका लागि धेरै मन्त्री नभए पनि हुने बताएका छन् । आकांक्षीहरू धेरै भएकाले त्यसबाट राम्रो र कामकाजी व्यक्ति छनोट गर्न खोज्दा मन्त्रिपरिषद् विस्तामा ढिलाइ भएको दाबी समेत गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चन्द्र भण्डारी
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्