एमाले काठमाडौं महानगर कमिटीको ५१ सदस्यीय सचिवालय गठन

नेकपा एमाले काठमाडौं महानगर कमिटीको दोश्रो पूर्ण बैठक सम्पन्न भएको छ। नेकपा एमाले काठमाण्डौ महानगर कमिटीका अध्यक्ष निर्मल देउलाको अध्यक्षता र संचालनमा भएको बैठकले ५१ सदस्यीय महानगर सचिवालयको गठन गरेको छ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा महानगर इन्चार्ज नारायण सिलवाल ,प्रतिनिधि सभा सदस्य रामवीर मानन्धर ,प्रदेस सभा सदस्यहरु केशव स्थापित ,राजेस शाक्य , काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य , काठमाण्डौ जिल्लाका पुर्व अध्यक्ष निर्मल कुइकेल लगायतको उपस्थिति रहेको बैठकले वडा कमिटी र जनवर्गीय संगठनको ईन्चार्ज तोक्ने अधिकार सचिवालयलाई दिएको छ।
काठमाण्डौ महानगरपालिकाका ३२ वडामा कार्यालय बनाउन बाँकी रहेका वडाहरुमा तत्काल कार्यालयको स्थापना गर्ने, टोल कमिटीहरुको गठन गर्ने, वडा कमिटीका बैठकहरु नियमित गर्नुका साथै पार्टी सदस्यता नवीकरण र वितरणलाई थप व्यवस्थित बनाउन शाखा कमिटीहरुलाई निर्देशन दिएको बैठकले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको भेला आयोजना गर्ने, विविध किसिमका सामाजिक कार्यक्रमहरु आयोजना गर्ने निर्णय समेत गरेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमाले काठमाडौं महानगर कमिटी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्