बुढानिलकण्ठका सव–इन्जिनियर पौडेल ७२ हजार घुससहित रंगेहात पक्राउ

काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाका सब–इन्जिनियर (प्राविधिक) बिनोद पौडेल आज ७२ हजार घुस लिदाँलिदैँ रंगेहात पक्राउ परेका छन् ।
पौडेललाई बुढानिलकण्ठ वडा नं. ६ स्थित होटल सब्रिनाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
नगरपालिकाको सडक निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न पश्चात भुक्तानी दिने क्रममा सेवाग्राहीसँग । ७२ हजार घुस÷रिसवत माग गरेको सुचना पाएको टोलीले पौडेललाई उक्त रकम सहित पक्राउ गरेको थियो । पौडेललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ।
पौडेल पक्राउ परेसँगै बुढानिलकण्ठ नगरपालिकाका कर्मचारीहरुमा खैला बैला मच्चिएको छ र नगरवासीले तिरेको करमा तर मारिरहेका केहि शाखा प्रमुख र कर्मचारीहरुको सातो उडेको एक जनप्रतिनिधिले नाम नखुलाउने शर्तमा बताएका छन् ।
प्राविधिक शाखाका पौडेल पक्राउ परेसँगै अहिले बुढानिलकण्ठ नगरपालिकामा योजना, स्वास्थ्य, जिन्सी, लेखा लगायतका शाखाहरुमा पनि आज व्यापक गाइगुइ र रुवावासी चलेको दृश्य निकै रोचक रहेको एक प्रत्यक्षदर्शीले बताएका छन।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #घुससहित रंगेहात पक्राउ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्