Techie IT
आईतबार, माघ १३,२०८१

टोखामा आजबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाइदैं


काठमाडौं । टोखा नगरपालिकाले साउन २२ गते कोभिड–१९ विरूद्धको खोप भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको छ ।

नगर प्रमुख प्रकाश अधिकारीले नगरबासीमा गरेको अपिलमा भोली वडा नं. १ को बौंडेश्वर माध्यमिक विद्यालय, वडा नं. २ को वडा कार्यालय, वडा नं. ३ को सरस्वती माध्यमिक विद्यालय, वडा नं. ४ को धापासी माध्यमिक विद्यालय, वडा नं. ५ श्री समाज भवन, वडा नं. ६ को ह्वाइट माउन्टेन स्कुल हरियाली वस्ती, वडा नं. ७ को तिलिङटार माध्यमिक विद्यालय, वडा नं. ८ को गोंगबु स्वास्थ्य चौकी, वडा नं. ९ को लार्के आवासिय मा.वि., गोंगबु, वडा नं. १० को मनोहर स्कुल, सामाखुशी र वडा नं. ११ को सामुदायिक भवनमा खोप कार्यक्रम सञ्चालन हुनेछ ।

खोप लगाउनकन लागि पहिलो मात्रा लगाएको २१ दिनु पुरा हुनुपर्नेछ । खोप लगाउनका लागि मास्क अनिवार्य लगाउनुपर्नेछ । सामाजिक दुरी कायम गर्नुपर्नेछ ।

खोप लगाउन जाँदा अनिवार्य रुपमा धधध।खबअअष्लभ।mयजउ।नयख।लउ मा गई इलष्लिभ फारम भरी ८ अंकको दर्ता नं. लिएर आउन नगरपालिकाले अनुरोध गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #टोखा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
14°
Haze
6:51 am5:40 pm +0545