Techie IT
आईतबार, वैशाख २८,२०८२

एमाले टोखा कमिटीको ५३ सदस्यीय नगर कमिटी घोषणा


नेकपा एमाले टोखा नगर कमिटीको पहिलो बैठकमा ५३ सदस्यीय नगर कमिटी घोषणा गरिएको छ। नेकपा एमालेका महासचिव ईश्वर पोखरेको प्रमुख आतिथ्यमा भएको बैठकले सत्य नारायण डंगोलको अध्यक्ष रहेको कमिटी घोषणा गरिएको हो।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्ला सह इन्चार्ज नारायण सिलवाल ,केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्ला कमिटी अध्यक्ष कृष्ण राई ,जिल्ला कमिटी सदस्यहरु सहितको उपस्थितिमा भएको बैठकले विभिन्न संगठन विस्तार र जनपरिचालनका अभियानहरु संचालन गर्ने निर्णय गरेको थियो।

सो बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका नेताहरुले आगामी स्थानीय तहको र संघीय निर्वाचनलाई केन्द्रमा राखेर संगठन र जनपरिचालनका लागि सबैले सक्रियता पुर्वक लाग्नुपर्नेमा जोड दिएका थिए।


क्याटेगोरी : समाचार
ट्याग : #एमाले टोखा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:14 am6:45 pm +0545