Techie IT
बिहीबार, माघ १०,२०८१

प्रतिबन्धित लागूऔषध सहित रत्ननगरबाट २ जना पक्राउ


चितवन । चितवनको रत्ननगरबाट प्रहरीले प्रतिबन्धित अवैध लागूऔषध सहित २ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका अनुसार अवैध लागूऔषध (गाँजा) बिक्रीबितरण भइरहेको भन्ने विशेष सुराकीको आधारमा खटिएको प्रहरीको टोलीले रत्ननगर नगरपालिका वडा नम्बर १३ अमेलिया स्थित शेर बहादुर बुढाथोकीको घर तथा कोठामा रितपुर्वक खानतलासी गर्दा डाइजेपाम इन्जेक्सन आइपी, प्रोमिथाजाइन, हाइड्रोक्लोराइड इन्जेक्सन आइपी तथा बुप्रिनोरफ्रीन इन्जेक्सन आइपी लेखिएको तरल पदार्थ सहितको बन्द अवस्थाको डाइजेपाम इन्जेक्सन आइपी ३१ थान , प्रोमिथाजाइन, हाइड्रोक्लोराइड इन्जेक्सन आइपी ३१ थान बुप्रिनोरफ्रीन इन्जेक्सन आइपी ३१ थान गरी ९३ थान एम्पुलसहित शेर बहादुर बुढाथोकी सहित रत्ननगर नगरपालिका वडा नम्बर १४ गैरीगाउँ बस्ने २७ बर्षीया श्याम खड्कालाइ पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै उपर लागु औषध ऐन अन्तर्गतको कसुरमा सम्मानित चितवन जिल्ला अदालतबाट सात दिनको म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको टाँडी प्रहरीले जनाएको छ । उनीहरु दुबैलाइ अहिले ईलाका प्रहरी कार्यालय रत्ननगरले नियन्त्रणमा राखेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Fair
6:52 am5:39 pm +0545