बैदेशिक रोजगारी मुद्दाका फरार प्रतिवादी पक्राउ
चितवन । बैदेशिक रोजगारी मुद्दामा फरार रहदै आएका एक जनालाई फरार प्रतिवादीलाइ चितवन प्रहरीले पकाउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार १३ महिना अगाडि बैदेशिक रोजगार न्याधिकरण काठमाण्डौंमा परेको मुद्दामा १ बर्ष ९ महिना कैद र एक लाख सत्तरी हजार रुपैयाँ जरिवाना तोकिएर फरार रहदै आएका भरतपुर महानगरपालिका वडा न. २७ गोलाघाट बस्ने धन सिंह कुमालको छोरा ३७ बर्षिया भिमसेन कुमाललाइ प्रहरीले आज (सोमबार) बिहान नौ बजे पक्राउ गरेको हो ।
कुमाल गोलाघाटमा लुकिछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय दिब्यनगरबाट असईको कमाण्डमा खटिएको प्रहरीको विशेष टोलीले पक्राउ गर्न सफल भएको बताइएको छ ।
पक्राउ परेका कुमाललाइ सम्मानित चितवन जिल्ला अदालतमा उपस्थित गराइएको छ भने, आवश्यक अनुसन्धान गर्ने कार्य भइरहेको समेत प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
तपाईको कमेन्ट लेख्नुहोस्