Techie IT
शुक्रबार, माघ ११,२०८१

बैदेशिक रोजगारी मुद्दामा फरार रहदै आएका कुमाल पक्राउ


चितवन । बैदेशिक रोजगारी मुद्दामा फरार रहदै आएका एक जनालाई फरार प्रतिवादीलाइ चितवन प्रहरीले पकाउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार १३ महिना अगाडि बैदेशिक रोजगार न्याधिकरण काठमाण्डौंमा परेको मुद्दामा १ बर्ष ९ महिना कैद र एक लाख सत्तरी हजार रुपैयाँ जरिवाना तोकिएर फरार रहदै आएका भरतपुर महानगरपालिका वडा न. २७ गोलाघाट बस्ने धन सिंह कुमालको छोरा ३७ बर्षिया भिमसेन कुमाललाइ प्रहरीले आज (सोमबार) बिहान नौ बजे पक्राउ गरेको हो ।

कुमाल गोलाघाटमा लुकिछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय दिब्यनगरबाट असईको कमाण्डमा खटिएको प्रहरीको विशेष टोलीले पक्राउ गर्न सफल भएको बताइएको छ ।

पक्राउ परेका कुमाललाइ सम्मानित चितवन जिल्ला अदालतमा उपस्थित गराइएको छ भने, थप आवश्यक अनुसन्धान गर्ने कार्य भइरहेको समेत जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Fair
6:52 am5:39 pm +0545