Techie IT
सोमबार, वैशाख २२,२०८२

तारकेश्वरमा वडास्तरीय रक्तदान कार्यक्रम आजदेखि सुरु


काठमाडौं । तारकेश्वर नगरपालिकामा आजदेखि वडास्तरीय रक्तदान कार्यक्रम सुरु भएको छ । आज पहिलो दिन नगर प्रमुख रामेश्वर बोहराले बिन्धबासिनी मन्दिरको पहिलो रक्तदाता सीता घलेलाई ब्लड ब्याग दिएर कार्यक्रम सुभारम्भ भएको घोषणा गरे । रक्तदान कार्यक्रममा नगर उपप्रमुख भवानी डाटेल धितालले पनि निरिक्षण गरेका थिए ।

आजको रक्तदान कार्यक्रममा ३५ जना रक्तदाताहरुबाट हिमाल ब्लड ट्रान्सफ्युजन सेन्टरले रगत संकलन गरिएको छ । जसमा ११ जना महिला र २४ पुरुषले रक्तदान गरेका थिए । स्वास्थ्यका सम्पूर्ण मापदण्ड पुरा गरेर गरिएको रक्तदान कार्यक्रममा रक्तदाताहरुलाई आवश्यकअनुसार पौष्टिक आहार खुवाइएको थियो ।

तारकेश्वर नगरपालिकाले आयोजना गरेको रक्तदान कार्यक्रमअनुसार आजदेखि असार २३ गतेसम्म निरन्तर चल्ने नगरप्रमुख रामेश्वर बोहराले बताउनुभयो । सबै वडाहरुमा हुने रक्तदान कार्यक्रममा पायक पर्ने स्थानमा उपस्थित भएर रक्तदान गर्न नगर प्रमुखले नगरबासीमा अनुरोध गरेका छन् ।

नगर उपप्रमुख भवानी डोटेल धितालले कोरोना महामारीले रगतको अभाव भइरहेको थाहा हुने वित्तिकै नगरपालिकाको आकस्मिक बैठकले रक्तदान गर्ने निर्णय गरेअनुसार कार्यक्रम सुरु भएको बताएका छन् ।

रक्तदान कार्यक्रमका उप–संयोजक जय इन्द्रायणी साकोसका संस्थापक अध्यक्ष धुब्रराज खड्का सक्रियता र पहलकदमीमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई ब्लड डोनर्स एसोसिएशन नेपाल, तारकेश्वर नगर समिति अध्यक्ष देबेन्द्र महर्जनले प्रचारप्रसार गर्ने कामको जिम्मा लिएका थिए । कार्यक्रमको मिडिया पार्टनरमा फरकपत्र डटकम रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #रक्तदान कार्यक्रम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:19 am6:41 pm +0545