Techie IT
बिहीबार, फागुन १,२०८१

पासाङल्हामु राजमार्ग बन्द


पासाङल्हामु राजमार्गको नुवाकोटको त्रिशूली–बेत्रवती खण्डको गेर्खुको पुलमा गेर्खु खोलाले सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प भएको छ ।

आज बिहान खोलामा आएको बाढीले विदुर नगरपालिका–१ र विदुर नपा–१० जोड्ने पुलको दायाँबायाँको सडक कटान गरेकाले यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडक नै कटान भएकाले निर्माणका लागि गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाको ठेकेदारसँग सहकार्य गरी सडक सञ्चालनको प्रयास शुरु भएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #पासाङल्हामु राजमार्ग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
13°
Fair
6:41 am5:54 pm +0545