Techie IT
शुक्रबार, वैशाख २६,२०८२

भारतीयमा पछिल्लो २४ घण्टामा १ लाख ५२ हजार ८७९ जना कोरोना संक्रमण पुष्टि


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा १ लाख ५२ हजार ८७९ जना भारतीयमा संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा थप ८ सय ३९ को कोरोनाका कारण मृत्यु भएको छ ।

कोरोनाका कारण अहिलेसम्म एक करोड ३३ लाखभन्दा बढी प्रभावित भइसकेको छ । कोरोनाकै कारण पछिल्लो मितिसम्ममा एक लाख ६९ हजार २७५ को मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका सक्रिय संक्रमितको संख्या ११ लाखभन्दा बढी भएको जनाएको छ ।

कोभिड–१९ का कारण भारतको महाराष्ट्रमा सबैभन्दा बढी ५५ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । त्यस्तै छत्तीसगढमा १४ हजारभन्दा बढी कोरोना संक्रमण पुष्टि भएको छ । उत्तर प्रदेशमा १२ हजारभन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् । त्यस्तै केरला, कर्नाटक, तामिलनाडु, दिल्ली, गुजरातमा पनि संक्रमितको संख्या दिन दिनै थपिएको छ ।

भारतमा अहिले कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको छ । गत फेब्रुअरीयता भारतमा कोरोनाका नयाँ संक्रमितको संख्या निरन्तर बढ्दो क्रममा छ । पछिल्लो समय मानिसहरुले संक्रमण नियन्त्रणको लागि आवश्यक मापदण्ड पालना नगरेको, चाडपर्व तथा राजनीतिक भेलाजस्ता ठूलो संख्यामा मानिसहरुको भेला हुन रोकिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #कोरोना संक्रमण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:16 am6:43 pm +0545