पावन श्रावण महिनाको अवसरमा सन्चालित शिवपुराण महायज्ञ सम्पन्न

काठमान्डौँ । श्रावण महिनाको पावन अवसरमा ललितपुर, सातदोवाटो नजिकै सप्तेश्वर महादेवको मन्दिरमा श्रावण महिना तथा बोलवम शिवपुराण महायज्ञ यहि श्रावण १४ गते देखि सुरु भई आज समापन गरिएको छ । समस्थ हिन्दु धर्ममा आस्था राख्ने भक्तजनहरुलाई श्रावण महिनाको महिमा र नीलकण्ठ शिवजीको पुजा आराधना साथै कथा वाचन गरेर सुनाउनु यस यज्ञको उद्येश्य रहेको श्रावण महिना तथा बोलवम शिवपुराण महायज्ञ सञ्चालक समितिका संयोजक पुरुषोक्तम कार्किले बताउनुभयो ।
हिन्दु धर्ममा आस्था राख्नेहरुका लागि श्रावण महिनाको महिमा विशेष छ । यस विशेष महिनामा नीलकण्ठ नारायण र नीलकण्ठ शिवजीलाई पूज्ने हाम्रो परम्परा रहदै आएको छ । यस शिवपुराण महायज्ञको हजारौ भक्तजनहरुले दर्शन गर्नुभएको छ । शिव पुराण सबै पुराणको पनि सर्वपुराण भएको हुदा यसको सबैभन्दा महत्व रहेको प्रमुख वाचक ज्यो. प. रविन्द्र पराजुलीले बताउनुभयो । यस शिवपुराणमा पाठ वाचनका साथै शिव भगवानका कथाहरु सुनाउदै, झाकिहरु शिव तान्डव नित्र्य पनि प्रस्तुत गरिएको थियो ।
साथै ज्यो. प.डा. रुद्रनाथ अधिकारीले श्रामण महिनामा शिवपुराण श्रवण गरे सबैभन्दा धेरै पुण्य प्राप्त हुने बताउनु भयो । एघार दिन सम्म सञ्चालनमा रहको यस यज्ञमा दर्शनार्र्थी भक्तजनहरुले गरेको दानदक्षिणा मन्दिर विकास र संरक्षणमा प्रयोग गरिने सञ्चालक समितिका कोषाध्यक्ष विष्णु घिमिरेले बताउनु भयो । आगामी दिनमा यस सप्तेश्वर महादेवको मन्दिरलाई धार्मिक स्थलको रुपमा विकास गरि नियमित रुपमा यस्तै धार्मिक कार्यक्रम सन्चालन गर्ने योजना पनि रहेको ललितपुर महानगरपालिका वडा नं. १५ का अध्यक्ष शुर्दशन मिश्रले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #शिवपुराण
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्