Techie IT
मंगलबार, मंसीर १७,२०८२

हेलिकप्टर चढेर ससुराली पुगे मुख्यमन्त्री राई


प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चढेर ससुराली पुगेका छन्। पत्नी जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमणका लागि मुख्यमन्त्रीले हेलिकप्टर नै चार्टड गरेका हुन्।

आज बिहान शेरधनपत्नी जाङ्मुले फेसबुकमार्फत आफू जन्मस्थल जान पाउँदा निकै खुसी लागेको लेखेकी छिन्। साथै उनले आफू जन्मेको गाउँ र ठाउँका लागि केही गर्नुपर्ने महसुस गरेको पनि लेखेकी छन्।

 

उक्त स्थानमा विद्युत्, शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता विकासका पूर्वाधारलगायतले जनतालाई जोड्न बाँकी रहेको भन्दै आफ्ना श्रीमान शेरधनलाई यसप्रति ध्यानाकर्षण भएको पनि उनले लेखेकी छन्।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मुख्यमन्त्री राई


तपाईको कमेन्ट लेख्नुहोस्