सिँचाईमन्त्री वर्षमान पुनले टेलिफोनमा जनताका गुनासा सुन्ने
ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले हरेक शुक्रबार मन्त्रालय र मातहतका निकायमा रहेका गुनासा सम्बोधन गर्न उपभोक्तासँग प्रत्यक्ष टेलिफोन संवाद गर्नुहुने भएको छ ।
मन्त्री पुनको सचिवालयका अनुसार विद्युत्सम्बन्धी जनताका गुनासा तथा समस्या सुनी त्यसको समाधान गर्ने उद्देश्यले पैसा नलाग्ने टेलिफोन नम्बर ११५१ र पैसा लाग्ने फोन नम्बर ०१–४२००६४१ र ४२ मा टेलिफोन संवाद गर्नुहुने कार्यक्रम तय गरिएको छ ।
मन्त्रालय र मातहतका नेपाल विद्युत् प्राधिकरण र विद्युत विकास विभागलगायत निकायको सेवाबारे उपभोक्ताको गुनासो सुनेर उपभोक्तालाई दिने सेवा तथा सुविधालाई प्रभावकारी बनाउन लागिएको मन्त्रालयले जनाएको छ ।
उपभोक्ता तथा सेवाग्राहीसँग मन्त्री पुनले एक घण्टा प्रत्यक्ष कुराकानी गर्नुहुनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्