‘आवश्यक पर्दा प्रत्यक्ष ढंगले नेपालको भविष्यबारे जनमत दिने अधिकार पाउनुपर्छ, हामी त्यसका लागि तयार छौं’ : नेत्रविक्रम चन्द ‘विप्लव’
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अब आफूहरु शान्तिपूर्ण राजनीतिमा आउने सहमतिप्रति प्रतिवद्ध रहेकोल आवश्यक पर्दा प्रत्यक्ष ढंगले नेपालको भविष्यबारे जनमत दिने अधिकार पाउनुपर्ने कुरामा जोड दिएका छन् ।
सरकार र विप्लव नेतृत्वको नेकपाबीच शुक्रवार राष्ट्रिय सभागृहमा सम्पन्न
समारोहमा सम्बोधन गर्दै महासचिव विप्लवले सरकारसँग गरेको तीन बुँदे सहमतिमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए । आफ्नो पार्टीले यस सहमतिलाइ पालन गर्ने भन्दै उनले कसैले पनि यस विषयमा आशङ्का नगर्न अनुरोध गरे । सहमतिमा सरकार र विप्लव समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरू समेटिएका छन् ।
सहमतिपत्रमा भनिएको छ, ‘दुवै पक्ष नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरू वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौँ । आफ्ना सबै राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सहमत भएको छ । नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा भएका नेता तथा कार्यकर्ताको रिहा गर्दै सम्पूर्ण मुद्दा खारेज गर्न सहमत भएको छ । ’
यस्तो छ विप्लवको सम्बोधनको पूर्णपाठ
आदरणीय यहाँ सहभागी मित्रहरु !
यो नेपाली राजनीतिक आन्दोलनको नयाँ दिन हो । जो हाम्रो अगाडि उपस्थित छ । यसलाई सफल पार्नका निम्ति यो तीन बुँदे सहमतिपत्र तयार पार्ने र सहमति कायम गर्न सफल वार्ता टोलीका मित्रहरु र कमरेडहरुलाई म हार्दिक धन्यवाद र बधाई भन्न चाहन्छु ।
सँगसँगै, यो पहल गर्ने, हाम्रो पार्टी, नेपाल सरकार र यसलाई सफलतातर्फ अग्रसर गराउनका निम्ति भूमिका निर्वाह गर्ने कानूनविद्, मानवअधिकारवादी, पत्रकार, वुद्धिजीवि र सुरक्षा निकायका मित्रहरु, विभिन्न क्षेत्रमा भूमिका निर्वाह गर्ने कम्युनिष्ट पार्टीका हाम्रा मित्रहरुरकमरेडहरु, विभिन्न तरिकाले हाम्रो नजिक रहेर सहयोग गर्ने मित्रहरु सबैलाई म यो अवसरमा सम्मान गर्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु ।
किनकी, यो सहमति नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीको मात्रै होइन र केही नेताहरुको मात्र होइन । यो सहमतिमा हामीभित्र लुकेको महान् आकांक्षा छ । नेपाल देशलाई आत्मनिर्भर, स्वाधीन र सुन्दर बनाउने सपना यो भित्र छ । यो भित्र देशमा दीर्घ शान्ति, स्थिरता र नेपाली जनताको अहिलेसम्म पूरा नभएको समृद्धिको आकांक्षा, नेपाली युवाहरुभित्र हुर्किएको एउटा समृद्ध जीवनको चाहना रहेको छ । यसलाई पूरा गर्न हामीले सम्पूर्ण क्षेत्रबाट एउटा सकारात्मक सहयोग प्राप्त गर्यौं । हामी खुशी छौं र हामी धन्यवाद दिन चाहन्छौं ।
आदरणीय मित्रहरु !
आज फेरि अर्को सन्दर्भ पनि छ । अघि उद्घोषक कमरेड राजन भट्टराईले पनि स्मरण गर्नुभयो । एउटा अँध्यारो समयमा, अँध्यारो परिवेशमा उज्यालो सपना देखेर झापाको सुखानीको जंगलमा हाम्रा पाँच जना अग्रजहरुले रगत दिएका थिए । उनीहरुले सहर्ष आफ्नो जीवनलाई नेपाली जनता र नेपाल देशलाई समर्पण गरेका थिए ।
त्यो दिनसँग संयोग जोडिएको छ । त्यसकारण, आजको दिनमा जो सहिदहरुले निश्चल सपना देख्दै एउटा उत्कृष्ट आकांक्षा राख्दै नयाँ भविष्यका निम्ति नेपाली जनताको सुखद् भविष्यका निम्ति आफ्नो जीवन दिनुभएको थियो । जसलाई हामीले सहिद सप्ताह भनेर मनाउने गरेका छौं । जनयुद्धमा बलिदान गर्ने दिलबहादुर रम्तेल फागुन १४ बाट झापाको जंगलमा झुण्डिन तयार र गोली खान तयार पाँच अग्रजहरुको सहित जोडेर नेपाली सहिदहरु, नेपाली परिवर्तनकारी सहिदहरुको स्मरणमा सहिद सप्ताह मनाउने गर्छौ । संयोग भन्नुपर्छ, आज त्यही दिन परेको छ ।
आज विहानै अवसर पनि जुट्यो र हामी एउटा गाउँमा बस्दै गर्दा सहिदकी आमाले टीका लगाइदिनुभयो र एउटा भन्नुभयो– आजसम्म धेरैका इच्छा पूरा भए । तर, सहिदको चाहना पूरा भइसकेको छैन । नेपालका जनताको चाहना पूरा भएको छैन । हामी दुख गरी खाने नेपालीको चाहना पूरा भएको छैन । तपाईंहरु त्यहाँ हस्ताक्षर गर्न जाँदा यो सम्झेर गर्नुहोला ।
र, हामीलाई के अनुभूति भएको छ कमरेडहरु र मित्रहरु !
उहाँको कुरा सुन्दा हामीभित्र एउटा भावना उम्लने गर्छ । जुन उद्देश्य लिएर कम्युनिष्ट आन्दोलनमा सहभागी बन्यौं । हाम्रा अग्रजहरु सहभागी बन्नुभयो । दुख नपाउने कम्युनिष्ट नेता छैनन् । मृत्युको नजिक नपुगेर फर्किएको नेता पनि छैनन् । सबैभन्दा कठिन समय, सबैभन्दा कठिन परिस्थिति नझेलेको हामीसँग कोही पनि नेता छैनन् । हामी यो परिवेशमा छौं ।
त्यसैले यो अवसरमा सबै आदरणीय सहिदहरुलाई सम्मान गरौँ । सहिद परिवारहरुलाई विश्वस दिलाऔ कि हामी जे सपना देखेर कम्युनिष्ट आन्दोलनमा लाग्यौं । हाम्रो जीवन यहाँ बलिदान गर्छौ, तर सहिदका सपना मर्न दिदैनौं । हाम्रो प्रतिबद्धता छ मित्रहरु । त्यो लिएर म यहाँ उभिएको छु । बेपत्ता योद्धा, घाइतेहरु र नेपालको परिवर्तनकारी आन्दोलनमा अहिलेसम्म अपाङ्ग बनेर बसेका हाम्रा योद्धाहरु सबैलाई सम्झनुपर्छ र सम्मान गर्नुपर्छ । हामीले त्यो चाहना पूरा गर्ने प्रतिवद्धता गर्नुपर्छ ।
अहिले पनि हाम्रा डेढ सय भन्दा बढी कमरेडहरु जेलमा हुनुहुन्छ । छुटेर पनि आउनुभएको छ । कमरेड कञ्चन ९धर्मेन्द्र बास्तोला० संयोगले यहाँ आइपुग्नु भएको छ । उहाँलाई यहीँबाट स्वागत गर्न चाहन्छु । सायद, हाम्रा सबै कमरेडहरु छुट्नु हुनेछ र एउटा मुक्त आकाशमा फेरि मिलन हुनेछौं । हाम्रो विश्वास छ– यो वातावरण बनेको छ । यसका लागि नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी दुवैले एउटा जिम्मेवारी पूरा गरेको अनुभूति भएको छ ।
मित्रहरु !
समाजमा चार थरि मान्छेहरु देखिन्छन् । एकथरी शोसक छन् र उत्पीडक छन् । एकथरि श्रमिक छन्, उत्पीडित छन् । तर, उनीहरु बोल्न सक्दैनन् । तेस्रोथरि मान्छेहरु अलिअलि गुनगुन त गर्छन् । गुनासो त राख्छन्, तर उठ्न सक्दैनन् । जाग्न सक्दैनन् । तर, हामी कम्युनिष्ट जतिबेला अन्याय हुन्छ, जतिबेला आफ्नो मान्यताहरुमाथि हमला भएको महसुस हुन्छ, हाम्रो आकांक्षाहरुमाथि हमला हुँदा, हाम्रो देशमाथि हमला हुँदा, देशमाथि कसैले अलिकति गिद्धे दृष्टि लगाउँदा हामी विद्रोह गर्छौं । हामी विद्रोह गर्ने मान्छेहरु हौं, र विद्रोह गर्दै आएका छौं ।
हस्ताक्षर समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आउनु ऐतिहासिक काम भएको भन्दै नेपाल ‘अन्तिम किस्तामा’ शान्तिपूर्ण युगमा प्रवेश गरेको घोषणा गरे । प्रधानमन्त्री ओलीले विप्लव समूहसँग भएको सम्झौता ुफोर्स ल्याण्डिङु वा ुक्र्यास ल्याण्डिङु नभइ ुसेफ ल्याण्डिङु भएको समेत स्पष्ट पारे । अब नेपालमा कुनै पनि हिंसात्मक द्वन्द्व बाँकी नरहेको भन्दै प्रधानमन्त्री ओलीले नेपालमा शान्तिको नयाँ युग सुरु भएको र शान्तिको भूमि नेपालमा साच्चिकै शान्ति भूमि भएको बताए ।
यस्तै कार्यक्रममा सरकारका वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका विदेश सल्लाहाकार भट्टराईले विगत एक वर्षदेखिको निरन्तरको प्रयासपछि वार्ता निष्कर्षमा पुगेको स्पष्ट पारे ।
क्याटेगोरी :
समाचार
ट्याग : ##सरकार र विप्लव नेतृत्वको नेकपाबीच, ##सहमतिमा हस्ताक्षर, #breaking
धेरै पढिएका
- १शिवपुरी जंगलमा गाडिएको अवस्थामा किशोरीको शव फेला
- २एमाले काठमाडौ जिल्ला कमिटिले तोक्यो बिभिन्न बिभाग पालिकाको जिम्मेवारी हेर्नुहोस कसलाई के के ? ( सूचिसहित )
- ३टोखाको मालुङ्ग प्लटीङ्गमा कपडामा पोको पारेर बेवारिसे अवस्थामा नवजात शिशु फेला
- ४मृत्युमार्ग जस्ता नेपालटार डाँडागाउँ सडक : जनजीविकासँग जोडिएको मुख्य सडक अलपत्र छोडेर गेट बनाउन ५२ लाखको ठेक्का
- ५नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित थुप्रै नेताहरुद्वारा पार्टी परित्याग , आज एमालेमै फर्कीए ( हेनुहोस सूची )
- ६काभ्रेस्थली थुम्कीका गोपाल अधिकारी हराए , खोजी कार्यमा सहयोग गर्ने सबैमा अनुरोध
- ७मेयर बालेन साहले प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोके
- ८कान्ति अस्पतालको दर्दनाक घटना, यतिसम्म हुन्छ लापरबाही !
तपाईको कमेन्ट लेख्नुहोस्