सूचना चुहाएको आरोपमा कप्रका दुइ हवल्दार हटाइए
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनको सामान्य प्रशासन शाखामा कायारर्त दुइ जना प्रहरी हवल्दारलाइ हटाइएको छ । केेही दिन अगाडि मात्रै “साझापाना अनलाइन” मा जब प्रहरी आफैं लुटेरा बनेपछि…… भन्ने शीर्षकको समाचार प्रकाशित भएलगत्तै सूचना चुहाएको आरोपमा प्रहरी हवल्दारद्वय अशोक मोक्तान र उत्तम खड्कालाई कर्मचारी प्रशासन शाखा (कप्र) बाट हटाइएको एक जुनियर प्रहरी अधिकृतले आफ्नु नाम नबताउने सर्तमा बताए ।
ती प्रहरी स्रोतका अनुसार पछिल्लो समय चितवन प्रहरी भित्र भइरहेको कामकारबाहीका बिषयमा दैनिकजसो समाचारहरु सार्वजनिक हुन थालेपछि आत्तिएका चितवन प्रहरीले उनीहरुलाइ हटाइएको बताइएको छ ।
ती मध्य हवल्दार मोक्तानलाइ ईलाका प्रहरी कार्यालय गितानगर र खड्कालाइ ईलाका प्रहरी कार्यालय रत्ननगर चितवन पठाइएको छ । उनीहरुलाइ हिजो (मंगलबार) रवाना दिइएको हो । केही दिनभित्रै उनीहरु नियमित काममा फर्किने प्रहरी स्रोतले जनाएको छ । अहिले कप्रमा सइ तारा प्रसाद रिमालको कमान्डमा प्रहरी खटिएका छन् ।
यस अघि सइ लालबहादुर घलान कप्रमा रहेकोमा प्रहरी प्रधान कार्यालयको निर्देशनमा तत्कालीन (एसपी) नान्तिराज गुरुङले उनलाई त्यहाँबाट हटाइएको थियो । उनलाई त्यहाँबाट हटाइएपछि प्रहरी निरीक्षक धर्मराज खत्रीलाई कप्रको इन्चार्ज बनाइएको थियो । यद्यपि, खत्री ९० दिने कमान्डो तालिममा नवलपरासी जर्गाह गएपछि सइ तारा प्रसाद रिमालले नै निमित्त रूपमा कप्र चलाइरहेका छन् ।
केही दिन प्रहरी निरीक्षक स्याम कुमार बस्नेत कप्रमा रहेपनि अहिले उनलाई हटाइएको छ । कप्रमा रिमालले नैै जिम्मेवारी सम्हाल्दै आएका छन् । अहिले चितवन प्रहरीभित्र भए गरेका कामकारबाहीका बिषयमा समाचारहरु सार्वजनिक हुन थालेपछि चितवन प्रहरीले अनुसन्धान सुरु गरेको छ । स्रोतका अनुसार समाचार कहाँबाट आयो र कसले दिइरहेको छ भन्ने बिषयमा छानबिन समिती समेत गठन गरिएको जनाइएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्