पैदलयात्रीलाइ ठक्कर दिएर फरार ट्रक र चालक प्रहरी नियन्त्रणमा
चितवन । पैदलयात्रीलाइ ठक्कर दिएर फरार रहेका ट्रक र त्यसका चालकलाई चितवन प्रहरीले आठ दिनपछि हिजो (सोमबार) पक्राउ गरेको छ ।
गत, फागुन ९ गते बिहान साँढे तीन बजे खैरहनी नगरपालिका वडा नंम्बर १ मा कालिका नगरपालिका वडा नंम्बर ३ पदमपुर बस्ने ४० बर्षिया (पैदलयात्री) कुल बहादुर मोक्तानलाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट मोक्तानको घट्नास्थलमै मृत्यु भएपछि फरार रहेका ना ६ ख २९०९ नंम्बरको ट्रक र त्यसका चालक राप्ती नगरपालिका वडा नंम्बर १ बस्ने ३० बर्षिया गणेश बहादुर तामाङलाई चितवन प्रहरीले खैरहनी नगरपालिका ८ पर्सा बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए ।
पक्राउ परेका तामाङले दुर्घटना आफुले गराएको भनी स्वीकार गरेसंगै उनलाई आज (मंगलबार) सम्मानित चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्य भईरहेको जनाइएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्