अनलाइनखबरको प्रधान सम्पादकमा शिव गाउँले

१६ फागुन, काठमाडौं । अनलाइनखबर डट कमको प्रधान सम्पादकमा शिव गाउँले नियुक्त भएका छन् ।
अनलाइनखबर नेपाल प्रा।लिको सञ्चालक समिति बैठकले गाउँलेलाई प्रधान सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै प्रा।लि।ले सम्पादक अरुण बरालले दिएको राजीनामा पनि स्वीकृत गरेको छ ।ध्यक्ष धर्मराज भुसालले आइतबार कार्यालयमा आयोजित एक समारोहका बीच गाउँलेलाई स्वागत गरे । अनलाइन पत्रकारिता अब मूलधार बनिसकेको भन्दै अध्यक्ष भुसालले गाउँलेको सम्पादकीय नेतृत्वमा अनलाइनखबरले अझै उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
नवनियुक्त प्रधानसम्पादक गाउँलेले अनलाइनखबरको सन्तुलित र न्यायपूर्ण पत्रकारितालाई निरन्तरता दिइने बताए । उनले भने, ‘सत्ता र शक्तिसँग प्रश्न गर्छौं । गडबडी, भेदभाव र अन्याय सधैं हाम्रा कभर स्टोरी हुुनेछन् ।’
तीन दशकदेखि पत्रकारितामा सक्रिय गाउँले पछिल्लो ६ वर्ष खोज पत्रकारिता केन्द्रको सम्पादक थिए । हिमाल खबरपत्रिकाको सम्पादकीय नेतृत्व गरिसकेका गाउँले नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत हुन् । यसैवीच अनलाइनखबरका सम्पादक अरुण बराललाई बिदाइ गरिएको छ । संस्थाका अध्यक्ष भुसालले ८ बर्षसम्म न्यूजरुमलाई नेतृत्व प्रदान गरेकोमा बराललाई धन्यवाद दिँदै आगामी यात्राका लागि शुभकामना व्यक्त गरे ।
निवर्तमान सम्पादक बरालले नेपालको नम्बर एक अनलाइनलाई लामो समय नेतृत्व गर्न पाएकोमा सन्तोष व्यक्त गर्दै नयाँ अनुभवी र बरिष्ठ सञ्चारकर्मीलाई कार्यभार हस्तान्तरण गर्न पाउनु सुखद भएको बताए ।
कार्यक्रममा अनलाइनखबर डटकमका कार्यकारी निर्देशक सुरेश भुसाल एवं सम्पादकीय सहकर्मीहरुको उपस्थिति थियो ।
स्रोत : अनलाइनखबर डट कम
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्