अनलाइनखबरको प्रधान सम्पादकमा शिव गाउँले
१६ फागुन, काठमाडौं । अनलाइनखबर डट कमको प्रधान सम्पादकमा शिव गाउँले नियुक्त भएका छन् ।
अनलाइनखबर नेपाल प्रा।लिको सञ्चालक समिति बैठकले गाउँलेलाई प्रधान सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै प्रा।लि।ले सम्पादक अरुण बरालले दिएको राजीनामा पनि स्वीकृत गरेको छ ।ध्यक्ष धर्मराज भुसालले आइतबार कार्यालयमा आयोजित एक समारोहका बीच गाउँलेलाई स्वागत गरे । अनलाइन पत्रकारिता अब मूलधार बनिसकेको भन्दै अध्यक्ष भुसालले गाउँलेको सम्पादकीय नेतृत्वमा अनलाइनखबरले अझै उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
नवनियुक्त प्रधानसम्पादक गाउँलेले अनलाइनखबरको सन्तुलित र न्यायपूर्ण पत्रकारितालाई निरन्तरता दिइने बताए । उनले भने, ‘सत्ता र शक्तिसँग प्रश्न गर्छौं । गडबडी, भेदभाव र अन्याय सधैं हाम्रा कभर स्टोरी हुुनेछन् ।’
तीन दशकदेखि पत्रकारितामा सक्रिय गाउँले पछिल्लो ६ वर्ष खोज पत्रकारिता केन्द्रको सम्पादक थिए । हिमाल खबरपत्रिकाको सम्पादकीय नेतृत्व गरिसकेका गाउँले नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत हुन् । यसैवीच अनलाइनखबरका सम्पादक अरुण बराललाई बिदाइ गरिएको छ । संस्थाका अध्यक्ष भुसालले ८ बर्षसम्म न्यूजरुमलाई नेतृत्व प्रदान गरेकोमा बराललाई धन्यवाद दिँदै आगामी यात्राका लागि शुभकामना व्यक्त गरे ।
निवर्तमान सम्पादक बरालले नेपालको नम्बर एक अनलाइनलाई लामो समय नेतृत्व गर्न पाएकोमा सन्तोष व्यक्त गर्दै नयाँ अनुभवी र बरिष्ठ सञ्चारकर्मीलाई कार्यभार हस्तान्तरण गर्न पाउनु सुखद भएको बताए ।
कार्यक्रममा अनलाइनखबर डटकमका कार्यकारी निर्देशक सुरेश भुसाल एवं सम्पादकीय सहकर्मीहरुको उपस्थिति थियो ।
स्रोत : अनलाइनखबर डट कम
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्