Techie IT
मंगलबार, असार ३१,२०८२

दोश्रो पुम्से सेमिनार तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न


काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा दोश्रो पुम्से सेमिनार तथा अभिमुखीकरण कार्यक्रम हालै सम्पन्न भएको छ ।

सनिबार त्रिपुरेश्वरस्थित र्राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न भएको उक्त एकदिने काठमाडौं जिल्लाका विभिन्न तेक्वान्दो डोजाङ र स्कुलका प्रमुख गरी १ सय ६ जनाको सहभागिता रहेको आयोजक संघका अध्यक्ष अशोक खड्काले बताए ।

पुम्सेतर्फ दक्षिण कोरियाली तेक्वान्दो प्रशिक्षक क्वान योङ दल प्रशिक्षक रहेको उक्त अभिमुखीकरण कार्यक्रममा डा. अच्युत्तम लामिछानेले स्पोर्ट्स मेडिसिन र डा. राजु डंगोलले स्पोर्ट्स इन्जुरीबारे सहभागीहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष एवं सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जन तथा बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीले सहभागीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं जिल्ला तेक्वान्दो संघ, #पुम्से सेमिनार तथा अभिमुखीकरण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Drizzle
5:17 am7:02 pm +0545