श्रीस्वस्थानी व्रतकथा समापन , शालीनदीमा श्रद्धालु भक्तजनहरुको घुइँंचो । (फोटो फिचर)
काठमाडौं । पौष शुक्ल पूर्णिमाका दिनदेखि शुरु भएको श्रीस्वस्थानी व्रत कथा आज माघ शुक्ल पूर्णिमाका दिनबाट समाप्त भएको छ ।
यस अवसरमा काठमाडौंको शंखरापुर नगरपालिका साँखुमा रहेको शालीनदीमा श्रद्धालु भक्तनहरुको निकै घुइँंचो लागेको थियो ।

एक महिनासम्म एक छाक चोखो खाना तथा फलाहार खाएर व्रत बस्ने व्रतालुहरु विहानै उठी दैनिक स्नान गर्ने, दिउँसो मध्यान्हमा महादेवको पूजाअर्चना गर्ने र सन्ध्याकालमा श्रीस्वस्थानी व्रतकथा आफू पनि सुन्ने र सकेसम्म अरुलाई पनि सुनाउने चलन छ । ३१ वटा अध्यायहरु रहेको श्रीस्वस्थानी परमेश्वरीको व्रत कथा माघ शुक्ल पूर्णिमाका दिन समापन गरिन्छ ।
श्रीस्वस्थानी परमेश्वरीको व्रत बस्नाले र सुन्नाले मात्र पनि मनोकांक्षा पूरा हुने , जीवनमा सुख , शान्ति र समृद्धि प्राप्त हुने धामिक विश्वास रहनुका साथै मानिसको आध्यात्मिक चेतनामा बुद्धि भइ मानसिक तथा शारीरिका स्वास्थ्यमा समेत राम्रो प्रभाव पार्दछ भन्ने मान्यता रहिआएको छ ।





क्याटेगोरी : समाचार
ट्याग : #breaking, #श्रीस्वस्थानी व्रतकथा समापन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्