श्रीस्वस्थानी व्रतकथा समापन , शालीनदीमा श्रद्धालु भक्तजनहरुको घुइँंचो । (फोटो फिचर)

काठमाडौं । पौष शुक्ल पूर्णिमाका दिनदेखि शुरु भएको श्रीस्वस्थानी व्रत कथा आज माघ शुक्ल पूर्णिमाका दिनबाट समाप्त भएको छ ।
यस अवसरमा काठमाडौंको शंखरापुर नगरपालिका साँखुमा रहेको शालीनदीमा श्रद्धालु भक्तनहरुको निकै घुइँंचो लागेको थियो ।
एक महिनासम्म एक छाक चोखो खाना तथा फलाहार खाएर व्रत बस्ने व्रतालुहरु विहानै उठी दैनिक स्नान गर्ने, दिउँसो मध्यान्हमा महादेवको पूजाअर्चना गर्ने र सन्ध्याकालमा श्रीस्वस्थानी व्रतकथा आफू पनि सुन्ने र सकेसम्म अरुलाई पनि सुनाउने चलन छ । ३१ वटा अध्यायहरु रहेको श्रीस्वस्थानी परमेश्वरीको व्रत कथा माघ शुक्ल पूर्णिमाका दिन समापन गरिन्छ ।
श्रीस्वस्थानी परमेश्वरीको व्रत बस्नाले र सुन्नाले मात्र पनि मनोकांक्षा पूरा हुने , जीवनमा सुख , शान्ति र समृद्धि प्राप्त हुने धामिक विश्वास रहनुका साथै मानिसको आध्यात्मिक चेतनामा बुद्धि भइ मानसिक तथा शारीरिका स्वास्थ्यमा समेत राम्रो प्रभाव पार्दछ भन्ने मान्यता रहिआएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #श्रीस्वस्थानी व्रतकथा समापन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्