चालक अनुमतिपत्र (लाइसेन्स) , परीक्षा उत्तीर्ण भएको महिना दिनमै पाइने

काठमाडौं । अब चालक अनुमतिपत्र ( लाइसेन्स ) ,परीक्षा उत्तीर्ण भएको महिना दिनमै प्राप्त गर्न सकिने भएको छ । यसका लागि यातायात व्यवस्था विभागले ठूलो संख्यामा कार्ड खरिद गर्ने प्रकृया अगाडि बढाएको छ । मास प्रिन्टरको अत्याधिक प्रयोग गरेर एकै दिन धैरै संख्यामा लाइसेन्स छापिने यातायात व्यवस्था विभागका निर्देशक रामचन्द्र पौडेलले बताएका छन् । निर्देशक पौडेलका अनुसार विभागले गत वर्ष खरीद गरेको ‘मास प्रिन्टर’ को क्षमता एक घण्टामा ४५० अनुमतिपत्र छाप्न सक्छ । नयाँ कार्ड आउना साथ उक्त प्रिन्टरलाई आवश्यत्तक्तका आधारमा बढी भन्दा बढी प्रयोगमा ल्याइने योजना अनुसार विभाग अगाडि बढेको हुँदा परिक्षा उत्रिर्ण भएकालाई महिना दिनमै लाइसेन्स उपलब्ध गराउन सकिने सम्भावना रहेको उनको भनाइ छ ।
“ यो योजना अनुसार कार्य गर्दा पाँच लाखभन्दा बढी सेवाग्राही भएता पनि सरदर ३० प्रतिशत मात्र परिक्षामा पास हुने र यस मास प्रिन्टरको क्षमता धेरै भएको हुँदा महिना दिनमै लाइसेन्स उपलब्ध गराउन सकिने कुरामा आफु ढुक्क छु “ । उनले भने ।
कोरेना भाइस (कोभिड–१९) का कारण झण्डै १० महिनादेखि अवरुद्ध नयाँ लाइसेन्स लिन रोकिएको कार्यलाई सहज अलि सहज भएसँगै गत पुसमा पुनः खुलाएको हो । पुस यता अनुमतिपत्रका लागि अनलाइन माध्यममार्फत देशभरबाट पाँच लाखभन्दा बढी सेवाग्राहीले आवेदन दिइसकेको विभागले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्