नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न
नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न भएको हो ।
बैठकमा अन्तरदेशीय सीमा अपराध र अवैध हातहतियार तथा बन्दोबस्ती ओसारपसार नियन्त्रणसम्बन्धी सूचना आदानप्रदान एवं शान्ति सुव्यवस्था कायमलगायत विषयमा दुवै पक्षबीच सहमति भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सीमामा हुने अपराध नियन्त्रणका लागि दुवै देशले समन्वय गर्ने, विपद्पूर्व तथा विपद्का बेला सूचना आदानप्रदान गर्ने, राजश्व चुहावट नियन्त्रण, सीमामा आवतजावत गर्दा हेल्थ डेस्कमा जाँच गर्नेलगायतका विषयमा सहमति भएको छ । नेपालका तर्फबाट बैतडीका प्रनाउ अधिकारी, सशस्त्र प्रहरीका बैतडी प्रमुख गणेश शाह, भन्सार कार्यालयका प्रतिनिधि र भारतका तर्फबाट भारतीय सीमा सुरक्षा बलका भाइस कमाण्डर आर के राजेश्वरी, भारतीय प्रहरीका प्रतिनिधि तथा भन्सार कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।
यसअघि अघिल्लो वर्षको फागुनमा बसेको समन्वय समितिको बैठक हरेक तीन–तीन महिनामा बैठक बस्ने निर्णय भएको भए पनि कोरोना कहरले एक वर्षपछि बैठक बसेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल–भारत सीमा सुरक्षा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्