संविधानको मर्म र भावनानुसार फैसला आउने विश्वासमा छु : प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै सर्वोच्च अदालतबाट संविधानको मर्म र भावनानुसार फैसला आउने विश्वास व्यक्त गरेका छन्।
अखिल नेपाल ट्रेड युनियन महासङघं (अन्टुफ) ले आज पेरिसडाँडामा आयोजना गरेको २० औँ मजदूर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनयुद्ध र जनआन्दोलनका बलमा संविधानसभाबाट घोषणा भएको संविधान अनुसार गठन भएको सर्वोच्च अदालतलबाट प्रतिनिधिसभा पुनःस्थापना हुने धारणा व्यक्त गरे ।
सरकारको सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि उक्त विषय सर्वोच्च अदालतबाट निरुपण हुने क्रममा रहेको छ । प्रतिनिधिसभा केहीदिन भित्रै फैसला आउने अपेक्षा गरिएको छ । “नयाँ संविधानअनुसार बनेका निकायले संविधानको मर्म र भावनाअनुसार काम गर्नेछन् ” उनले बताए । “ प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्ने पूरा विश्वास छ ।” उनले भने ।
संविधान गतिशील र जीवित दस्तावेज भएको उल्लेख गर्दै उनले जनताको पक्षमा जहिले पनि संविधान संशोधन गर्न सकिने बताए । दोस्रो पटक आफू प्रधानमन्त्री हुँदा जनतालाई अधिकार दिनुपर्छ भनेर संविधान संशोधन गर्न प्रस्ताव लगेको स्मरण गर्दै उनले राष्ट्रिय आवश्यकतानुसार संविधान संशोधन गर्न सकिने धारणा व्यक्त गरे ।
नेकपा मजदूर फ््याक्सन इञ्चार्ज जयपुरी घर्तीले मुलुकको परिवर्तनमा श्रमिक वर्गको भूमिका महत्वपूर्ण रहे पनि त्यसपछि बनेका सरकारले मजदूरका अधिकार सम्बोधन गर्न नसकेको गुनासो गरिन । “जनयुद्ध, जनआन्दोलनमा मजदूरको भूमिका अतुलनीय रह्यो तर आज तिनै मजदूर विना पारिश्रमिक कामबाट निष्काशित हुनु परेको छ” । उनले भनिन ।
क्याटेगोरी : समाचार
ट्याग : ##दाहाल–नेपाल समूह, #breaking, #नेपाल कम्युनिष्ट पार्टी
धेरै पढिएका
- १शिवपुरी जंगलमा गाडिएको अवस्थामा किशोरीको शव फेला
- २एमाले काठमाडौ जिल्ला कमिटिले तोक्यो बिभिन्न बिभाग पालिकाको जिम्मेवारी हेर्नुहोस कसलाई के के ? ( सूचिसहित )
- ३टोखाको मालुङ्ग प्लटीङ्गमा कपडामा पोको पारेर बेवारिसे अवस्थामा नवजात शिशु फेला
- ४मृत्युमार्ग जस्ता नेपालटार डाँडागाउँ सडक : जनजीविकासँग जोडिएको मुख्य सडक अलपत्र छोडेर गेट बनाउन ५२ लाखको ठेक्का
- ५नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित थुप्रै नेताहरुद्वारा पार्टी परित्याग , आज एमालेमै फर्कीए ( हेनुहोस सूची )
- ६काभ्रेस्थली थुम्कीका गोपाल अधिकारी हराए , खोजी कार्यमा सहयोग गर्ने सबैमा अनुरोध
- ७मेयर बालेन साहले प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोके
- ८कान्ति अस्पतालको दर्दनाक घटना, यतिसम्म हुन्छ लापरबाही !
तपाईको कमेन्ट लेख्नुहोस्