Techie IT
बुधबार, असार २५,२०८२

बेलटारीमा १२५ मिटर लामो मोटरेबल पुल बन्ने


स्याङ्गजा । स्याङ्जाको बेलटारीमा मोटरेबल पुल बन्ने भएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले सोमवार सो मोटरेबल पुलको शिलान्यास  गदै  स्थानिय तहमा विकासका गतिले तिब्र रुप लिएको  र विकासका गतिविधि आफ्नै गाउँठाउँमा हेर्नु पर्ने बताइन् ।

यो मोटरेबल पुल निर्माण भएपछि स्याङ्जा र पाल्पाबीच सिधा सम्पर्क हुने छ ।उक्त मोटरेबल पुलले स्याङ्जाको कालीगण्डकी गाउँपालिका ५ को बेलटारी र पाल्पाको बगनासकाली गाउँ पालिका ६ दर्पुक जोड्ने छ।

यस मोटरेबल पुलले बुटबल, भैरहवा, लुम्बिनीको दूरी घट्ने छ भने राष्ट्रिय गौरवका दुई सडक आयोजना कालीगण्डकी करिडोर समेत जोडिने कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले जानकारी दिए।

गौरी पार्वती न्यू टेक्निकल जेभि कुपनडोलले निर्माण जिम्म लिएको पुलको पिएस र भ्याट सहित १५ करोड ३९ लाख २८ हजार ६७९ रुपैँया ५० पैसामा सम्झौता भएको बताइएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : ## स्याङ्गजा, #मोटरेबल पुल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:13 am7:04 pm +0545