चितवनमा १५ कठ्ठामा लगाइएको अवैध गाँजा खेती नष्ट
चितवन । चितवन प्रहरीले झन्डै १५ कठ्ठामा लगाइएको अवैध गाँजा खेती नष्ट गरेको छ ।
पुर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर १० को किरनटार, ओनिबाङ, थामटार र समिटार लगायतका स्थानहरुमा अवैधरुपमा गाँजा खेती हुने गरेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय भण्डारा बाट प्रहरी निरीक्षक राजीव गिरीको कमान्डमा खटिएको एलआरपी (पैदल गस्ती) मा खटिएको टोलीले किरनटार नजिकैको जंगलमा रहेको खोला किनारमा अंन्दाजी (पन्ध्र) कठ्ठामा लगाएको अफिमका बोटहरू फडानी तथा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार अवैध रूपमा लगाइएको गाँजाको फडानी र रोकथामले थप तीव्रता पाउने बताए ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्