Techie IT
शनिबार, जेठ ४,२०८२

बारपाकमा एकै घरमा सुतेका तीन जना मृतावस्थामा भेटिए


गोर्खा । गोर्खाको बारपाकमा एकै घरमा सुतेका तीन जना मृत अवस्थामा भेटिएका छन् । बारापाकको सुलिकोट गाउँपालिका–१ स्थित धाँमी तोराङमा गएराति एउटै घरका एक पुरुष र दुई महिला मृतावस्थामा  भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङका अनुसार मृत अवस्थामा भेटिनेमा ८४ वर्षीय दिलबहादुर गुरुङ, उनकी २२ वर्षीया बुहारी आइतकुमारी गुरुङ र १३ वर्षीया नातिनी (छोरीकी छोरी) उषा गुरुङ रहेका छन् ।

सोमबार बिहान अबेरसम्म पनि घरको ढोका नखुलेपछि छिमेकीले भित्र गएर हेर्दा तीनै जना मृतावस्थामा देखेकाले स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय जौवारीका प्रहरी निरीक्षक ईश्वर लौडारीको नेतृत्वको टोली अनुसन्धानका लागि घटनास्थलतर्फ गएको  इलाका प्रहरी कार्यालय जौवारीले बताएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : ##बारपाक, #hot, #तीन जना मृतावस्थामा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Mostly Cloudy
5:12 am6:48 pm +0545