Techie IT
मंगलबार, असार २४,२०८२

एैक्यबद्धताका अध्यक्ष तिवारीद्धारा वडा कार्यालय भवनका लागि जग्गा दान


पर्वत । एैक्यबद्धता प्रकाशनका अध्यक्ष निलकण्ठ तिवारीले वडा कार्यालय भवन निर्माणका लागि जग्गा दान गरेका छन्  । तिवारीले दान गरेको जग्गामा पर्वत जिल्लाको पैयु गाउपालीका  ६ सरौखोलामा वडा कार्यालय भवन बन्ने भएको छ ।

सोही  पालिकाको वडा नं ६ सरौखोलाका स्थायी बासिन्दा तिवारीले सरौफांट सोताको १ रोपनि जमिन दान गर्ने घोषणा गरेपछि वडाले भवन निर्माण प्रक्रिया अघि बढाउने भएको हो ।

वडासचिव पाराश्वर सापकोटाका अनुसार स्थानीय, जनप्रतिनिधि,राजनैतिक दलका प्रतिनिधि र समाजसेवीहरुको उपस्थितिमा उनले सो घोषणा गरेका थिए ।

जग्गा दान घोषणा सम्बन्धमा मागिएको प्रतिक्रियामा तिवारीले भने ,  ‘जग्गा वा भुमि अन्तत राज्यकै हो र नागरीकका समग्र जिम्मा पनि अन्तत राज्यकै हो  , संघियता र गणतन्त्रको मर्मबोधका साथ स्थानीय तह र वडालाई  भौतिक रुपले संस्थागत गर्न सहयोग पुगोस भन्ने  यी दुई भावका साथमा आफनो बंशजको परम्परालाई मनन गर्दै मैले जग्गा दिने निर्णय गरेको हु ’।

दक्षिणी पर्वतमा भएको २०५७ को ऐतिहासिक हातेमालो श्रमशिविरका परीकल्पनाकार तथा कार्यक्रम संयोजक समेत रहेका  उनी गैर आवासीय नेपाली पत्रकारीताका प्रवर्तक पनि हुन ।

२०४६, २०५४ र २०५५ मा राजनैतिक कारणले जेल बसेका  र २०५८ पछाडि पेशा छाडेर गणतान्त्रिक आन्दोलनमा भुमिगत भएका तिवारी हाल सामाजिक अभियानहरुमा बढि सक्रिय छन ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:13 am7:04 pm +0545