युवा सङ्घले चैतभित्रमा पाँच लाख सदस्यता विस्तार गर्ने र साइबर सेना गठन गर्ने
नेकपा कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा सङ्घले चैत मसान्तभित्र पाँच लाख सदस्यता विस्तार गर्ने भएको छ । गत माघ २५ र २६ गते भएको दोस्रो केन्द्रीय कमिटी बैठकले गरेका निर्णय सार्वजनिक गर्न शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका नवनिर्वाचित अध्यक्ष बचनबहादुर सिंहले ‘जहाँ युवा त्यहाँ राष्ट्रिय युवा सङ्घ’ भन्ने मान्यता अनुरूप चैत मसान्तभित्र पाँच लाख सदस्य विस्तार गर्ने बताउनुभयो ।
उहाँले चैतमसान्तभित्र ७७ वटा जिल्ला कमिटी, १६५ वटा सङ्घीय निर्वाचन क्षेत्र समन्वय कमिटी, ३३० प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी, ७५३ स्थानीय तह कमिटी र छ हजार ७४३ वडा कमिटी गठन गर्ने समेत जानकारी दिनुभयो ।
साइबर सेना बनाइने
उहाँले सबै कमिटीमा साइबर सेना गठन गर्नेसमेत जानकारी दिनुभयो । मुलुकको स्वाधीनता तथा जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न सबै कमिटीमा साइबर सेना बनाउन थालिएको बताउनुभयो । यसअघि तत्कालीन नेकपा (एमाले)को युवा सङ्घले युथ फोर्स गठन गरेको थियो । बैठकले सरकारले गरेको लोकप्रिय काम र असाधारण उपलब्धिलाई जनताबीचमा पुर्याउन सङ्घका नेता कार्यकतालाई विशेष अभियानका साथ परिचालन गर्ने निर्णय गरेको छ ।
बैठकले विदेशबाट स्वदेश फर्किएका र स्वदेशमा रहेका युवा जनशक्ति राज्यको नीति तथा कार्यक्रममा पूर्णरूपमा जोडिन नसकेको भन्दै संविधानमा उल्लेख गरिएको युवा हक अधिकार र सरकारद्वारा घोषित युवामैत्री नीति कार्यक्रमलाई पूर्णतः युवाले सदुपयोग गर्न वातावरण मिलाउन सरकारसँग माग गरेको छ ।
बैठकले सरकारले आगामी वैशाख १७ र २७ गते घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनमा क्रियाशील हुन सबै कमिटीलाई निर्देशन दिएको अध्यक्ष सिंहले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #युवा सङ्घ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्