पेट्रोलियम पदार्थको मल्यवृद्धिको देशभर चर्का आलोचना मल्यवृद्धि फिर्ता लिइ उपभोक्तालाई राहत दिन माग
काठमाडौं । हालै भएको पेट्रोलिएम पदार्थको मुल्यवृद्धिलाई लिएर देशभर चर्का आलोचना भएको छ । मुल्यबृद्धिलाई लिएर विभिन्न राष्ट्र्रिय उपभोक्ता मञ्च ,विभिन्न सरोकारवाला निकाय तथा विद्यार्थी संगठनहरुले विज्ञप्ति निकाल्नुका साथै मुल्यवृद्धिविरुद्धमा नाराजुलुस समेत गरेका छन् । उनिहरुले सरकारको ध्यानाकर्षण गराउँदै मुल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् ।
सरकारले २०७३ साल माघदेखि लागू हने गरि स्वचालित मूल्यप्रणली लागू गरेको थियो । जस अनसार अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य घटबढ भएमा प्रत्येक १५ ÷१५ दिनमा मूल्य समायोजन गर्न सकिने प्रावधान रहेको छ । तर सरकारले १५ दिन भित्रमा नै दुई पटक मूल्य बाढाएकोमा उपभोक्त र सरोकारवालाहरुले यसप्रति गम्भिर आपत्ति जनाएका छन् ।
यता सरकारले भने नेपाल आयल निगमले घाटा थेग्नै नसक्ने अवस्थाामा पुगेकाले पेट्रोल ,डिजेल र मट्टितेलमा ४÷४ रुपैयाका दरले बढाएको बताएको छ । त्यस्तै खाना पकाउने ग्याँसमा २५ रुपैया बृद्धि गरिएको छ ।
यस अघि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य १३८ युएस डलर प्रतिब्यारेल हुँदा नेपालमा नेपालमा पेट्रोलको मुल्य रु १०८ कायम थियो भने अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य ६५ युएस डलर प्रतिब्यारेल हुँदा रु ११४ कायम गरिएकोप्रति सरकारको चर्का आलोचना भएको हो ।
पेट्रोलियम पदार्थमा हुने मूल्य बृद्धिले ढुवानी भाडामा मूल्यबृद्धि भई सम्पुर्णं वस्तु तथा सेवामा समेत मूल्य बृद्धि हुन जान्छ । जसका कारण कोरोनाको कहरले आर्थिक गतिविधि, पेशा तथा व्यवसाय र रोजगारिमा समेत कष्ट व्यहोर्दै आएका नेपाली नागरिकहरुको दैनिकी झनै कष्टकर बन्ने छ । तसर्थ सरकारले नागरिक प्रतिको आफ्नो दायित्व पुरा गदै मूल्यबृद्धि तत्काल फिर्ता गरेर नागरिकलाई राहत दिलाउन पर्ने मूल्यबृद्धिको विरोधमा उत्रिएकाहरुको धारणा छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मूल्यबृद्धिको विरोध
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्