Techie IT
शनिबार, भदौ २२,२०८१

मानसिंह माध्यमिक विद्यालयमा संस्थापक अध्यक्ष स्व. मानसिंह महर्जनको अर्धकदको सालिक अनावरण


काठमाडौं ।  सरस्वती पूजाको अवसरमा  मानसिंह माध्यमिक विद्यालयमा संस्थापक अध्यक्ष स्व. मानसिंह महर्जनको अर्धकदको सालिक अनावरण सम्पन्न भएको छ ।  गरिएको कार्यक्रममा प्रमुख अतिथि भिमसेनदास प्रधान, विशिष्ट अतिथि रामेश्वर बोहोरा, तानपा–१० का वडा अध्यक्ष अमृत थापा, वडा सदस्य लक्ष्मी गैरै, धुर्व राई, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि इन्द्रमान महर्जन अतिथिहरुमा सानुकान्छा महर्जन, मानबहादुर महर्जन र विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, पूर्व विद्यार्थी, पूर्व शिक्षक र समाजसेवीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायणजंग थापाले स्वागत मन्तव्य राख्दै संस्थापक अध्यक्षको सालिक निर्माणका लागि सहयोग गर्नेहरूलाई धन्यवाद प्रकट गरेका थिए । सबैको साथ र सहयोग लिएर मानसिंह विद्यालयलाई तारकेश्वरकै एक नमुना विद्यालय बनाउने प्रतिवद्धता गर्नुभएको थियो ।

नगर प्रमुख रामेश्वर बोहोरोले मानसिंह विद्यालयको आवश्यक भौतिक संरचना निर्माण आवश्यक भएमा तत्काल नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । मानसिंह महर्जन तारकेश्वरको एक असल मानिस बन्न सफल भएको बताउनुभयो । तारकेश्वर नगरपालिकाले असल मानिसहरुका लागि सम्मान गर्ने कामको सुरुवात गरेको बताउनुभयो । सरस्वती पुजाको दिन भएकाले विद्यार्थी भाइबहिनीहरुमा सरस्वती देविले सबैलाई राम्रो काम गर्ने प्रेरणा मिल्ने बताउनुभयो ।

त्यस्तै प्रमुख अतिथि भिमसेनदास प्रधानले “मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन” भन्ने वाक्यबाट आफ्नो कुरा राखेका प्रधानले ज्यामी काम गर्ने मानसिंह महर्जनले २०४२ सालमा मानसिंह विद्यालय स्थापना गरेर पुण्यको काम गरेको बताउनुभयो । मानसिंह महर्जन कहिल्यै मर्दैनन् । उहाँ सँधै जिवित रहनुहुन्छ । प्रधानले मानसिंह महर्जनको जन्मदिन मनाउन विद्यालयलाई आग्रह समेत गर्नुभयो । अर्को एक प्रसङ्गमा प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेर असंवैधानिक कदम चालेको बताउनुभयो । संसद् पुर्नस्थापना हुनेमा आफु आसावादी भएको बताएका थिए ।

कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य तथा कार्यवाहक अध्यक्ष कुमार थापाले मानसिंह धर्म माध्यमिक विद्यालयमा अहिलेसम्म हुन् नसकेको अडिट अब तत्काल हुने बताउनुभयो । लेखा परिक्षक नियुक्ती गरिसकेको हुँदा केही समयमै आर्थिक गतिविधी सार्वजनिक गर्ने प्रतिवद्धता जनाउनुभयो । आजको कार्यक्रममा मानसिंह धर्म माध्यमिक विद्यालय प्राङ्गणमा भएको सरस्वती मन्दिरमा विद्यार्थीहरुले सरस्वती पुजा गरेर प्रसाद ग्रहण समेत गरेका थिए ।

 


क्याटेगोरी : समाचार
ट्याग : #मानसिंह माध्यमिक विद्यालय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
23°
Partly Cloudy
5:44 am6:18 pm +0545