Techie IT
बुधबार, असार २५,२०८२

‘भागरथी’ निर्मला पन्त र ‘सम्झना कामीका न्यायलागि ग्रामीण र एनआर क्याम्पसका नेविसंघका विद्यार्थी बृहत प्रदर्शनमा उत्रिए


२९ माघ, काठमाडौं ।

बैतडीमा किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एनआर बहुमुखी क्याम्पस नेपाल विद्यार्थी संघका नेता र कार्यकर्ता र विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन्।

सरकारले बलात्कारीलाई सजाय दिन आनाकानी गरेको भन्दै विद्यार्थीहरूले चर्को नारा लगाएका थिए । नेपालटार क्याम्पस गेटबाट नाराबाजी गर्दै नेवि संघका नेता कार्यकर्ता, विद्यार्थीहरु बाइपास हुँदै माछापोखरी चोक पुगेर कोण सभा गरेका थिए । कोण सभामा प्रमुख बक्ता नेबि सघका पुर्ब केन्द्रिय सदस्य शुशिल भट्ट, विद्यार्थी नेताहरु निरन्जन थापा, पबन थापा, सन्तोष गुरुङ, स्वेच्छा उप्रेती, लक्ष्मी सिलबाल, जिबन राना, किरण भट्टराई, सुबास घिमिरे, प्रबिन गुरुङ, स्थानीय नेपाली कांग्रेसका नेता मनोज राना लगायतले सम्बोधन गरेका थिय ।

कोण सभामा सम्बोधन गर्ने नेताहरूले बलात्कारीलाई कानुनी कारबाही गर्न, ‘भागरथी’ निर्मला पन्त र ‘सम्झना कामीका लागिन्यायको माग गरेका थिय । आज बिहान विद्यार्थीहरुले करिब एक घन्टा चक्काजामसमेत गराएका छन
बलात्कारीलाई सरकारले तत्काल पहिचान गरेर निर्मला, सम्झना र भागरथीका हत्याराहरुलाई कारबाहीको दायरामा नल्याउन्जेल आफूहरुले आन्दोलन जारी राख्ने नेबि सघ नेता शुशिल भट्टले बताएका छन्।

 


क्याटेगोरी : समाचार
ट्याग : #ग्रामीण र एनआर क्याम्पस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Partly Cloudy
5:13 am7:04 pm +0545