प्रेस सङ्गठन काठमाडौँ, ललितपुर र भक्तपुरमा पुनःगठन
प्रेस सङ्गठन
काठमाडौँ । प्रेस सङ्गठन नेपालले काठमाडौँ, ललितपुर र भक्तपुरमा आफ्नो सङ्गठन पुनःगठन गरेको छ ।
उपत्यका प्रदेश कमिटीको बैठकले तीनै जिल्लाको सङ्गठन पुनःगठन गरेको हो । पुनःगठित सङ्गठनको काठमाडौको संयोजकमा पुकार तिमिल्सना र सहसंयोजक ज्योति जिसी र नूरराज कँडेल, ललितपुर संयोजकमा बालमुकुन्द आचार्य र सहसंयोजक अशोक दुलाल, तथा भक्तपुर संयोजकमा हेमराज ढकाल र सहसंयोजक अञ्जना शिल्पकार रहनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि त्यसको पत्रकारको सङ्गठन प्रेस सङ्गठन पनि दुई समूहमा विभाजन भएको छ । सङ्गठनको यहि माघ ८ गतेको भेलाले गणेश वस्नेतलाई संयोजकको जिम्मेवारी दिएको हो । यस्तै अर्को समूहका संयोजकमा महेश्वर दाहाल रहनु भएको छ । शरद शर्मा
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार






तपाईको कमेन्ट लेख्नुहोस्