Techie IT
बुधबार, असार १८,२०८२

माघ २३ को तयारीस्वरुप तारकेश्वर साङ्गलामा नेकपाको भेला


काठमाडौं । नेकपा ओली पक्षको नेकपा वडा भेला सम्पन्न भएको छ । तारकेश्वर वडा नं १ कमिििटले बिहानीचोकमा आयोजना गरेको भेलामा नेकपाका केन्द्रिय सदस्य लेखनाथ फुँयाल , जिल्ला सदस्य बिश्वनाथ लामिछाने , हरिशरण तिमिल्सिना , नगरकमिटि सदस्य राजु तिमिल्सिना , सुमन कार्की ,वडा अध्यक्ष बिदुर सापकोटा , नेकपा वडा अध्यक्ष गोपाल सापकोटा , लोक गायक शम्भु राई लगायत नेता कार्यकर्ताको बाक्लो उपस्थीती रहेको थियो ।

माघ २३ गते काठमाडौँ ओली पक्षको नेकपाले वृहत जनसभा गर्दैछ । त्यसैको तयारीस्वरुप आजको भेलामा नेकपाका कार्यकर्ताले उत्साह देखाएका छन् ।

माघ २३को आम सभालाई वडा स्तरबाट बिभिन्न जिम्मेबारी प्रदान गर्दे भोली बिहान बिहानीचोकमा जम्मा भएर सोरखुट्टेबाट जुलुस सुरु गरिने गोपाल सापकोटाले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #साङ्गलामा नेकपाको भेला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:10 am7:04 pm +0545