सभामुखको हर्कतमा राष्ट्रियसभा अध्यक्ष असहमत
काठमाडौं । संवैधानिक परिषद्को पत्र फिर्ता गर्ने प्रतिनिधिसभा सभामुखको हर्कतमा राष्ट्रिय सभा अध्यक्षले असहमति जनाउँदै विरोध गर्नुभएको छ । सभामुख अग्निप्रसाद सापकोटाले हिजोमात्रै संवैधानिक निकायका पदाधिकारी नियुक्तिका लागि संसदीय सुनुवाइ गर्न संवैधानिक परिषदले गरेको सिफारिस फिर्ता गर्नुभएको थियो ।
सभामुखको सो कार्यको विरोध गर्न राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले सोमबार पत्रकार सम्मेलन नै आयोजना गर्नुभयो । पत्रकारबीच आफ्नो लिखित मन्तब्य राख्दै अध्यक्ष तिमल्सिनाले सभामुखको पत्रले राष्ट्रिय सभाको गरिमामा प्रहार भएको भन्दै आपत्ति जनाउनु भएको हो ।
सभामुखको पत्रमा संघीय संसद र अन्तर्गतका समितिहरुको सञ्चालन, व्यवस्थापवनसमेतको व्यवस्था गर्ने अधिकार आफूमा निहित भएको भन्ने व्यहोरा उल्लेख रहेको भन्दै उहाँले ‘राष्ट्रियसभा नै छैन जस्तो भाषा प्रयोग हुँदा आफूले आपत्ति जनाउनु परेको स्पष्ट गर्नु भएको छ ।
वै सदनको सम्पत्ति भएको उहाँको जिकिर थियो । यो तौरतरिका पत्र फिर्ता गर्ने ‘गलत प्रक्रियामा राष्ट्रियसभा संलग्न नरहेको उहाँले बताउनु भयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #राष्ट्रिय सभा अध्यक्ष
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्