Techie IT
शनिबार, असार २१,२०८२

जगडोलमा ह्वीलचियर दौड सम्पन्न


 

१७ माघ, काठमाडौं।

 

सहिद दिवसको अवसर पारेर मेरुदण्डीय पक्षघात समुह नेपाल र शान्ति तथा सहिद पार्क जगडोलले ह्वीलचियर दौड आयोजना गरेको छ।गोकर्णेश्वर नगरपालिका अन्य संघसस्थाहरुको सहकार्यमा सञ्चालन भएको साहसिक ह्विलचियर दौडमा ३८जना पुरुष र १४।जना ह्वीलचियर प्रयोगकर्ताले भाग लिएका थिए।गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे र म्याराथुन धावक बैकुण्ठ मानन्धरले सयुक्तरुपमा दौडको उद्घाटन गरेका थिए।

 

 

 

 

ह्वीलचियर दौडमा पुरुषतर्फ रमेश खत्री प्रथम तथा विष्णुपुकार श्रेष्ठद्वीतीय भएका थिए भने खुमबहादुर पाण्डे तृतीय भए।महिला तर्फबाट प्रथम। द्धितीय र तृतीय क्रमश। पुजा चौधरी, इश्वरीकुमारी कुमाल र रजनी राई भएका थिए ।विजेता खेलाडीहरु मध्ये प्रथम हुनेले नगद पन्ध्र हजार र द्धितीय हुनेले रु दश हजार र तृतीय हुनेले पाँच हजार रुपैयाँका साथै शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि मेयर सन्तोष चालिसे मेरुदण्ड पक्षघात भएका ब्यक्तिलाई आफूले सधै प्राथमिकतामा राखेको र पदमा नहरदा पनि मेरुदण्डीय पक्षघात समुह नेपाल संस्थाको स्थायित्वको लागि दीर्घकालीन कार्ययोजना बनाउन लागि परेको बताए।

 

कार्यक्रममा शान्ति तथा सहिद पार्क जगडोलका अध्यक्ष सुदर्शन सिग्देल, वडानं। ८ का अध्यक्ष मनोजकुमार ढुङ्गाना, म्याराथुन धावक बैकुण्ठ मानन्धर, गोकर्णेश्वर नगरपालिका युवा, खेलकुद विभाग प्रमुख रामकुमार यादवले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका महासचिव केशव थापाले गरेका थिए । त्यस्तै उक्त दौडको सम्पूर्ण कार्यक्रमको व्यवस्थापन समाजसेवी अशोक मानन्धरले गरेका थिए।कार्यक्रम मेरुदण्डीय पक्षघात समूह नेपालका अध्यक्ष ऋषिराम ढकालको सभापतित्वमा सम्पन्न भएको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #मेरुदण्डीय पक्षघात


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:11 am7:04 pm +0545