धादिङमा ४.८ रिक्टरको भूकम्प

धादिङको गजुरी आसपास केन्द्रबिन्दु भएर आज भूकम्पको परकम्प गएको छ ।
बिहान ८ बजेर ३० मिनेट जाँदा ४.८ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । गजुरी आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाई परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
यसअघि गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रबिन्दु भएर ४.१ रिक्टर स्केलको परकम्प गएको थियो भने । त्यस्तै गत असार १४ गते पनि धादिङकै सुनौलोबजार केन्द्रबिन्दु भई पाँच रिक्टरको परकम्प गएको थियो ।
केन्द्रका प्रमुख अधिकारीका अनुसार विसं २०७२ को गोरखा (७.६ रिक्टर स्केल) भूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ५०५ पटक परकम्प गएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #भूकम्प
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्