शङ्खरापुरमा एक विद्यालय एक योग शिक्षक

राजधानीको उत्तरपूर्वी भेगस्थित शङ्खरापुर नगरपालिकाले राष्ट्रिय योग दिवसका अवसरमा साताव्यापी कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय योग दिवस मुख्य दिन माघ १ गतेदेखि शुरु भएको योग कार्यक्रममा नगरपालिकाका कर्मचारी, इलाका प्रशासन कार्यालयका कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक, सुरक्षाकर्मी र स्थानीयवासी गरी ५० भन्दा बढीको सहभागिता रहेको थियो ।
सहभागीमा योगप्रतिको उत्सुकता सिक्ने चाहना पाइएको नगरपालिका शिक्षा शाखाले जनाएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी आयोजना गरिएको कार्यक्रममा डा हरिप्रसाद पोखरेल, डा क्षितिज बाराकोटी, तीर्थविनोद गिरी, पतञ्जलि योग समिति नेपालका लोकनाथ खनाल, अच्युत अर्याल र रामप्रसाद सञ्जेल, ब्रह्मकुमारी राज योग सेवा केन्द्रका तिलक भाइजी, ओसो तपोवनका स्वामी अरहत, जीवन विज्ञानका मेनुका ढकाललगायतका योगगुरुले प्रशिक्षण दिनुभएको थियो ।
प्रत्येक वडामा योग भवन बनाइने योग शिविरको समापन कार्यक्रममा नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले नगरपालिकाभित्रका सबै वडामा नियमित योग सञ्चालन गर्ने उद्देश्यअनुरुप नौवटै वडामा सामुदायिक भवन निर्माण अघि बढाइएको बताउनुभयो । ऐतिहासिक महत्व बोकेको शङ्खरापुरलाई योग नगरका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी पनि उहाँले दिनुभयो ।
नगर उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठले योगलाई नियमित र निरन्तरता दिन नगरपालिकाभित्र सञ्चालन हुने योग कार्यक्रममा नगरपालिकाको पूर्ण सहयोग रहने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयका कम्तीमा एक शिक्षकलाई योग प्रशिक्षण दिन कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख बोधराज निरौलाले स्थानीय पाठ्यक्रममा योगलाई समावेश गरेर विद्यालय तहमा पठनपाठन शुरु गरिएको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #नगरपालिकाले, #शङ्खरापुर नगरपालिका
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्