चितवनका प्रहरी प्रमुख गुरुङ विवादमा : ट्राफिकका हवल्दारलाइ थप्पड हानेको आरोप
"छानबिन हुन्छ - हेड्क्वाटर"
चितवन । चितवनका प्रहरी प्रमुख (एसपी) नान्तिराज गुरुङ माथी ट्राफिकका प्रहरी हवल्दार लाइ थप्पड हानेको आरोप लागेको छ । बागमती प्रदेश प्रहरी कार्यालयले सुरु गरेको आन्तरिक शुद्धिकरण अभियान अन्तर्गत घुस असुलीमा संलग्न ३ जना प्रहरीलाइ मंगलबार बागमती प्रदेेेश प्रहरी कार्यालय हेटौंडाको विशेष टोलीले नियन्त्रणमा लिएपछि प्रहरी प्रमुख गुरुङले घुस लिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका हवल्दार लोकबहादुर धर्ती मगरलाइ गालामा थप्पड हानेका हुन् ।
तनहुँँ स्थायी घर भएका हवल्दार मगरले आफुलाइ एसपी गुरुङले थप्पड हानेको बताए । साझापाना अनलाइनको सम्पर्कमा आएका उनलेे आफुलाइ प्रदेशको टोलीले घुस सहित पक्राउ गरेको थाहा पाएपछि एसपी गुरुङ वर्डा प्रहरी कार्यालय नारायणगढमा पुगेका थिए ।
“हवल्दार लोकबहादुर धर्ती मगर”
उनले भने, एसपी साब यहाँ आएर को हो तिनीहरु भन्नुभयो, सुरुमा त म एक्लै गएर म हो सर भने, त्यसपछि म संगै अन्य समातिएका दुइ जना सिपाहीहरु पनि आए । उनीहरुलाइ केही पनि गर्नुभएनन् र मलाइ प्रहरी निरीक्षकको कार्यालय अगाडि थप्पड हान्नुभयो । मलाई एसपी साबले थप्पड हानेको धेरैले देखेका छन् । र, यो कुरा म प्रदेश प्रहरी प्रमुख समक्ष पनि राख्छु ।
उनलेे भने, त्यति मात्रै होईन, त्यसपछि मलाई वर्डा प्रहरी कार्यालय नारायणगढका प्रहरी प्रमुख प्रहरी निरीक्षक रघु सिंह बिष्टले समेत कुट्न मान्छे लगाए । रघु सरले मलाइ कुट्न बाहिरको मान्छे लगाउनुभयो, उनलेे भने – म त्यहीँ थिए किराना पसलको एक जना दाइलाइ बोलाएर मलाइ पिट्न लगाउनुभयो ।
गल्ती नै गरे कार्वाही गर्ने निकाय छ, कार्वाही पनि हुन्छ नै । अनुसन्धानको दायरामा छु, प्रदेशले पेश बोलाएको छ – आज (बिहीबार) जाँदै छु । तर, हाकिम भयो भन्दैमा पिट्ने र पिट्न बाहिर मान्छे लगाउने यो त अत्ति भएनन् र ? उनलेे थपे, त्यसपछि मलाई र अर्को प्रहरी जवानलाई वर्डा प्रहरी कार्यालयमा नै बिहान ८ बजेसम्म थुनेर भोलि पल्ट छोड्यो । अर्की महिला प्रहरी जवान जमुना खड्काले पनि हवल्दार धर्ती मगरलाई एसपी गुरुङले कुटेको बताइन् । उनलाई पनि महिला तथा बालबालिका सेवा केन्द्रमा लगेर थुनिएको थियो ।
छानबिन हुन्छ – हेड्क्वाटर
यता, प्रहरी प्रधान कार्यालयले भने प्रहरी हवल्दार माथि कुट्ने एसपी माथि छानबिन हुने बताए । कसैले गल्ती नै गरेको छ भने पनि उसलाई कार्वाही गर्ने निकाय छ, कसैले कसैलाई कुट्न पाउँदैनन् र मिल्दैन पनि सम्बन्धि पीडित प्रहरीले लगाएको आरोपमाथी बिभागले छानबिन गरेर कार्वाही गर्छ नै तर, जहाँसम्म हवल्दार लोकबहादुर धर्ती मगरले आफुलाइ चितवनका एसपी नान्तिराज गुरुङले वर्डा प्रहरी कार्यालय नारायणगढभित्र सबैको अगाडि गालामा थप्पड हानेको भनेका छन् ? यस्को गहिराइमा पुगेर प्रहरी प्रधान कार्यालयले छानबिन गर्छ, सिसिटिभिको निगरानी गर्छ, सम्बन्धि प्रहरी कर्मचारी र वास्तविक पीडित तथा देख्ने अन्य ब्यक्ति संग बुझ्छ नै दोषी देखिए सम्बन्धि प्रहरी अधिकारीलाइ पनि कार्वाही हुन्छ, प्रहरी प्रधान कार्यालय स्रोतले भने ।
भएको के हो ?
बागमती प्रदेश प्रहरी कार्यालयले सुरु गरेको आन्तरिक शुद्धिकरण अभियान अन्तर्गत मंगलबार सइको कमान्डमा ३ जना प्रहरीहरु चितवन आए ।
प्रदेश मातहतका विभिन्न १० जिल्लाका प्रहरी कार्यालयहरुमा हुने गरेका आर्थिक अनियमितता रोक्न भन्दै बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआइजी) वसन्त कुमार लामाले अनुगमन टोली नै खटाउँदै आएका छन् । प्रदेशबाट खटिएको उक्त टोलीमा एक जना सइ, एक जना असई र एक जना ड्राइभर थिए ।
पुलचोकमा घुसको लेनदेन हुने गरेको भन्ने विशेष सुराकीको आधारमा मंगलबार दिउँसो ३ बजे उनीहरु चितवन आएका हुन् । त्यसक्रम्मा, प्रदेशको टोलीले बेलुका अन्दाजी ७:३० बजे नगद २ हजार १५० रुपैयाँसहित जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यारत हवल्दार लोकबहादुर घर्ती मगर र प्रहरी जवान जमुना खड्का सहित वर्डा प्रहरी कार्यालय नारायणगढका प्रहरी जवान पूर्ण सिंह रेश्मीमगरलाइ घुस लिंदा लिंदै रंगेहात पक्राउ गर्यो । उनीहरुलाइ हिजो निलम्बन गरिएको छ भने, थप छानबिनका लागी प्रदेश प्रहरी कार्यालय हेटौंडाले (डिएसपी) सुरेश प्रसाद काफ्लेको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली समेत गठन गरेको छ ।
“घुस सहित पक्राउ परेका प्रहरी कर्मचारी “
बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुरका वरिष्ठ प्रहरी उपरीक्षक (प्रवक्ता) मिरा चाैधरीका अनुसार निषेधित क्षेत्रमा सवारीसाधन रोक्ने र पार्किङ गर्ने म्याजिक तथा अटो रिक्सा चालकहरुसँग सवारी चालकहरुले पैसा संंकलनका लागी नारायणगढको पुलचोकमा रहेको कालीगण्डकी किराना पसलका सञ्चालक राजेन्द्र पराजुलीलाई जिम्मा दिने गरेको कुुुरा अनुसन्धानका क्रम्मा खुल्यो । त्यससँगै हामीले तीन जना प्रहरी सहित प्रहरीलाई घुस दिन खोज्ने छाहारी यातायात व्यवसायी समितिका अरुण गुरुङ, नारायणी यातायात व्यवसायी समितिका एकनाथ ढुङ्गाना र दीपक खड्की, केरुङ यातायातका छिरिङ लामालाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा दर्ता गरेका हौं । उनलेे भनिन् : पक्राउ परेकाहरुलाइ अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा राखी अनुसन्धान भइरहेको छ ।
“बागमती प्रदेश प्रहरी कार्यालय”
यता, प्रदेशले सूचना पाएर प्रदेशबाट नै खटिएको टोलीको स्ट्रीङ अप्रेसनमा परेका प्रहरीहरुलाइ चितवनका प्रहरी प्रमुख (एसपी) नान्तिराज गुरुङले भने आफ्नु कमान्डमा खटिएको टोलीले पक्राउ गर्न सफल भएको भनी विभिन्न सञ्चारमाध्यमहरुलाइ आफु निकट समाचार बनाएर हाल्न लगाएका छन् ।
हेर्नुहोस् : बागमती प्रदेश प्रहरी कार्यालयको प्रेस विज्ञप्ती
आफु बदनाम हुने डरले एसपी गुरुङले यो जुक्ति अपनाएका हुन् । प्रदेश प्रहरी कार्यालयले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तीमा प्रदेशको टोलीले घुस सहित प्रहरी कर्मचारीलाइ नियन्त्रणमा लिएको बताइरहदा चितवनमा भने प्रहरी प्रमुख (एसपी) नान्तिराज गुरुङको कमान्ड्मा खटिएको टोलीले घुस सहित प्रहरी कर्मचारीलाई पक्राउ गरेको भनी विभिन्न सञ्चारमाध्यमहरुलाई गफ नै लगाए ।
उसो त चितवनका प्रहरी प्रमुख गुरुङको एक बर्षे कार्यकाल पनि सकिसकेको छ । गुरुङसँगै सरुवा भएका सबै एसपी परिवर्तन हुँदा पनि उनलाई अझै साविककै ठाउँमा यथावत दिइएको छ । चितवनमा जान एसपीहरुको हानथाप हुने हुँदा गुरुङको थमौती भएको हो । केही दिनमै आफ्नु सरुवा हुने भएकाले पनि उनले घुस असुलीलाई प्राथमिकता दिदै आएका छन् । जसले गर्दा जिल्लामा अहिले घुसको अखडाले समेेेत निरन्तरता पाउँदै गएको छ ।
“चितवन प्रहरी प्रमुख नान्तिराज गुरुङ”
चितवनको प्रहरी प्रमुखको नेतृत्व असक्ष्म्ताका कारणले नै घुस आतंकले निरन्तरता पाउँदै गएको हो । केही दिन अगाडी मात्रै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख (एसपी) नान्तीराज गुरुङका बिश्वासपात्र तीन जना घुमुवा प्रहरीहरु हेड्क्वाटर नै तानिएका थिए । एक साता अगाडि मात्रै हेड्क्वाटर तानिएका उनीहरुमाथी अहिले छानबिन भइरहेको छ ।
अनुसन्धानको सिलसिलामा रहेको टोलीलाइ गृहको आदेशले हेड्क्वाटर तानेर छानबिन थालेको हो । एक सातापछि मंगलबार एकैपटक तीन जना प्रहरी घुस सहित प्रदेशको फन्दामा पर्नुले पनि चितवनमा पुलिसिङ्को अवस्था कस्तो छ र जिल्लाको नेतृत्वले कसरी आफ्नु जिम्मेवारी सम्हालिरहेका छन् भन्ने समेत यस्ले थप पुष्टाईं गरेको छ ।
मलाइ फसाइएको हो – प्रहरी जवान खड्का
यता, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कायारर्त प्रहरी जवान जमुना खड्काले भने आफु लाइ नियोजित ढंगले फसाइएको दाबी गरेकी छिन् । घुस सहित पक्राउ परेको समाचार सार्वजनिक भएपछि साझापाना अनलाइनले सत्यतथ्य बुझ्ने क्रम्मा महिला प्रहरी जवान जमुना खड्काले आफुलाइ प्रदेशको टोलीले फसाइएको बताइन् ।
म बच्चाको लागी कुरकुरे किन्न गएको थिए, उनलेे भनिन् : सानो बच्चा छ, कुरकुरे खाने भनेर जिद्दी गरेपछि मैले साँझ डेरा जाने क्रम्मा १० रुपैयाँको कुरकुरे किनेको थिए । त्यहाँ एक हजार रुपैयाँ राखेर तैले घुस नै लिएको हो भनी जवरजस्ती मुचुल्कामा सहि छाप गराउन लगाए ।
“प्रहरी जवान जमुना खड्का”
त्यहाँ त्यत्रो मान्छे थिए, म रोए चिच्याए तर कसैले सुनेन सबैले तैले घुस लिएकै हो भनेर भनिरहे । तर, बास्तविकता त्यस्तो थिएन, मैले घुस लिएकै थिइन् । बच्चाले कुरकुरे खाने भनेर जिद्दी गरेपछि किन्न जाने क्रम्मा त्यहाँ भित्र पैसा हालेर फसाइएको हो । यता, उनी संगै पक्राउ परेका हवल्दार लोकबहादुर धर्ती मगरले पनि जमुना खड्कालाई फसाइएको बताए । उनलेे भने, जमुना डेरा जाने बेलामा पसल गएको थियो, त्यहाँ अर्कै फन्डा रहेको सबैलाई थाहा रहेछन् तर, कसैले हामीलाई केही भनेनन् ।
नोट : प्रहरी हवल्दार लोकबहादुर धर्ती मगरले एसपी नान्तिराज गुरुङ माथी लगाइएको आरोपको अडियो रेकर्ड सुरक्षित रहेको छ, आवश्यक परेमा सार्वजनिक गर्ने नै छौँ – साझापाना अनलाइन
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
ट्याग : ##चितवन #एसपी #कुटपिट
धेरै पढिएका
- १शिवपुरी जंगलमा गाडिएको अवस्थामा किशोरीको शव फेला
- २एमाले काठमाडौ जिल्ला कमिटिले तोक्यो बिभिन्न बिभाग पालिकाको जिम्मेवारी हेर्नुहोस कसलाई के के ? ( सूचिसहित )
- ३टोखाको मालुङ्ग प्लटीङ्गमा कपडामा पोको पारेर बेवारिसे अवस्थामा नवजात शिशु फेला
- ४मृत्युमार्ग जस्ता नेपालटार डाँडागाउँ सडक : जनजीविकासँग जोडिएको मुख्य सडक अलपत्र छोडेर गेट बनाउन ५२ लाखको ठेक्का
- ५नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित थुप्रै नेताहरुद्वारा पार्टी परित्याग , आज एमालेमै फर्कीए ( हेनुहोस सूची )
- ६काभ्रेस्थली थुम्कीका गोपाल अधिकारी हराए , खोजी कार्यमा सहयोग गर्ने सबैमा अनुरोध
- ७नेपालटारको ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा तोडफोड र ताला
- ८मेयर बालेन साहले प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोके
तपाईको कमेन्ट लेख्नुहोस्