८० वर्षमा नागरिकता प्राप्त !

६,माघ काठमाण्डौँ
अर्घाखाँचीको मालारानी गाउँपालिका– ३ की एक वृद्ध महिलाले ८० वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । सोह्र वर्षमा नेपाली नागरिकता प्राप्त गर्ने कानूनी प्रावधान रहेपनि ती महिलाले ८० वर्षमा बल्ल नेपाली नागरिकताको प्रमाणपत्र पाएकी हुन् ।
मानसिक सन्तुलन गुमाएकी महिलालाई मालारानी–३ का वडाध्यक्ष शोभाखर खनालको पहलमा उहाँ बसेको छोरीकै घर सन्धिखर्क नगरपालिका–२ कुरमा पुगेर प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको नेतृत्वमा गएको जिल्ला प्रशासन कार्यालयका टोलीले नागरिकता प्रदान गरेको हो ।
असी वर्षका उमेरमा घरमै पुगेर नागरिकता दिएपछि उहाँका आफन्त खुशी भएका छन् । नागरिकता नपाएको र हाल ती महिला सन्धिखर्क–२ स्थित छोरीको घरमा बसेकी खबर पाएपछि प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर उहाँ बसेको स्थानमै पुगेर नागरिकताको सिफारिस तथा सनाखत गरेर नागरिकता प्रदान गरिएको वडाध्यक्ष खनालले बताउनुभयो ।
नागरिकताको सिफारिस लिन मालारानी गाउँपालिका–३ खादहमा पुग्नुपर्ने । मानसिक सन्तुलनसमेत गुमाएकी महिलालाई वडा कार्यलय तथा जिल्ला प्रशासन कार्यलयमा समेत ल्याउन असजिलो हुने भएपछि घरमै गएर सबै कागजी प्रक्रिया पूरा गरी नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताउनुभयो । नागरिकता नहँुदा वृद्ध भत्तासमेत खानबाट वञ्चित भएकी महिलालाई अबदेखि नागरिकताको आधारमा वृद्ध भत्ता समेत प्रदान गरिने वडाध्यक्ष खनालको भनाइ छ । आफ्नो वडाको मानिस खोजी गरी अर्को नगरपालिकामा समेत आएर नागरिकता दिलाउन पहल गरेकोमा वडाध्यक्षको सबैले खुलेरै प्रशंसा गरेका थिए ।
सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुरकुमार विक, प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, प्रहरी नायब उपरीक्षक माधब बुढाथोकी, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रामकृष्ण महर्जन, मालारानी– ३ का वडाध्यक्ष शोभाखर खनाललगायतको टोली घरमै पुगेर नागरिकता प्रदान गरेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाली नागरिकता
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्