प्रेस सङ्गठनको दोस्रो राष्ट्रिय भेला यही माघ ८ गते हुने
काठमाडौं,माघ ५ ।
प्रेस सङ्गठन नेपाल केन्द्रीय कमिटीको आज सम्पन्न उपलब्ध सदस्यको बैठकले दोस्रो राष्ट्रिय भेला यही माघ ८ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ । सङ्गठनका केन्द्रीय सहसंयोजक गणेश बस्नेतका अध्यक्षतामा भएको बैठकले नयाँ राजनीतिक परिस्थितिमा सङ्गठनमा आबद्ध देशभरका सबै सदस्यलाई एकताबद्ध र दिशानिर्देश गर्ने लक्ष्यका साथ भेलाको आयोजना गरेको जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता तथा पार्टीका शीर्ष नेताको विशेष आतिथ्यतामा हुने भेलामा सङ्गठनका अगुवा, केन्द्रीय सदस्य, केन्द्रीय आयोगका सदस्य, पूर्वपदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, सङ्गठनबाट नेपाल पत्रकार महासङ्घमा प्रतिनिधित्व गर्ने वर्तमान र पूर्वपदाधिकारी, जिल्लारप्रतिष्ठान र एसोसिएट शाखाका संयोजक÷सहसंयोजक सहभागी हुने प्रेस विज्ञप्तिमा जनाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रेस सङ्गठन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्